ताजा अपडेटः

महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता

कल्पना खरेल
महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालन भए मात्रै हजारौं रोजगारी सम्भव छ : नरेन्द्र गुप्ता प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार १९:३९

नवलपरासी , ६ फाल्गुन । पश्चिम नवलपरासी क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार नरेन्द्र कुमार गुप्ताले महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालनमा आए मात्र हजारौं नागरिकको रोजगारी सिर्जना हुन सक्ने बताएका छन्।

उनीले आज सम्बोधन गर्दै भन्छन् , “महेशपुर भन्सार हाल आधा-अधुरा अवस्थामा छ। यसको स्तर उन्नती र पूर्ण सञ्चालनले क्षेत्रीय व्यापार, ढुवानी, भन्सार कर्मचारी, भन्सार एजेन्ट, गोदाम व्यवस्थापन, ढुवानी सेवा प्रदायक, सुरक्षाकर्मी, तथा स्थानीय पसल–उद्योग सँग जोडिएका रोजगारीहरू सिर्जना गर्न सक्छ।”

गुप्ताको अनुसार, भन्सारको सक्रिय संचालनले नवलपरासीको आर्थिक गतिविधि तीव्र बनाउने मात्र होइन, व्यवसायिक अवसरहरू बढाएर स्थानीय युवाहरूको रोजगारीमा ठूलो योगदान पुर्‍याउनेछ।

उम्मेदवार गुप्ताले स्थानीय विकास, पूर्वाधार सुधार, रोजगार सृजना र क्षेत्रीय व्यापार प्रवर्द्धनलाई पनि आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




Ads