ताजा अपडेटः

पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेको केहि व्यक्तिगत जानकारी

पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेको केहि व्यक्तिगत जानकारी प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार २०:४१

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेको भर्खर मात्र मुस्ताङमा कार्यालय प्रमुखको रुपमा सरूवा भएकाे छ । आउनुस् उहाँको व्यक्तिगत विषयमा केही जानकारी लिउ । गुल्मिकाे तम्घास गाबिस हाल रेसुङ्गा नगरपालिकामा २०२९ साल असार १७ गते जन्मनुभएका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेकाे शैक्षिक याेग्यता भने राजनिती शास्त्रमा स्नातकोत्तर ( प्रथम श्रेणी ) र LLB रहेकाे छ ।
उहाले रेस्सुङ्गा क्याम्पस गुल्मिबाट आइए पास गरी २०५१ सालमा सदर प्रहरी तालिम केन्द्र, महाराजगन्ज काठमाडौंमा प्रहरी सहायक निरिक्षकमा भर्ति भइ देश सेवा सुरू गर्नुभएकाे थियाे ।
१५ महिना तालिम सकेर २०५२ सालमा उहाँको प्रहरी तालिम केन्द्र बुटवलमा पाेस्टिङ भयाे । त्यसपछि उहाँकाे देश सेवा गर्दै देशका विभिन्न ठाउँमा सरूवा भयाे ।
साेहि दाैरानमा प्रहरी नायव निरिक्षकमा बढुवा भई जिल्ला प्रहरी कार्यालय प्यूठानमा सरूवा भयाे । त्यसपछि उहाको त्यहाबाट
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भयाे । साेहि क्रममा उहाँ संयुक्त राष्ट्र संघ मिसन ( काेषाेबाे ) मा १९ महिना काम गर्नुभयाे । त्यसपछि २०७० सालमा संयुक्त साष्ट संघ सुडानमा दोस्रो मिसनमा कार्यरत हुँदै गर्दा उहाँकाे प्रहरी निरिक्षकमा बढुवा भयाे ।
त्यसपछि इलाका प्रहरी कार्यालय छपियामा इन्जार्च भएर( १ वर्ष ), महानगरीय प्रहरी प्रभाग ( बलम्बु ) काडमाडाै (१ बर्ष ),
ईलाका प्रहरी कार्यालय रामपुर पाल्मा ( ७ महिना ), ईलाका प्रहरी कार्यालय बेलचाैतारा तहनुमा ( ४ महिना ) कार्यालय प्रमुखको रुपमा काम गरि
साेहि ठाउँबाट DSP मा बढुवा भई पश्चिम नवलपरासी आउनुभयाे ।
उहाँको कानुन कार्यान्वयनकाे सवालमा कसैसग सम्झाैता नगरी विभागिय निर्देशनलाई पालना गरि देश र जनताको हितमा दत्तचित्त भएर लाग्ने स्वाभाव थियाे ।
नवलपरासीको हकमा जनतासगँ नजिक रहेर अपराध नियन्त्रण , अबैध क्रियाकलाप नियन्त्रण र विभिन्न विकृति विसंगतिका विषयमा सचेतना कार्यक्रममा निरन्तर जाेड दिई याे एक वर्षकाे कार्यकालमा अपराध नियन्त्रणमा उल्लेख्य टेवा पुर्याउनुभयो ।
यहि जिल्ला प्रहरी कार्यालय परासीमा बस्दा निमित्त कार्यालय प्रमुख भएर ३९ दिन जिम्मेवारी लिदा सबैभन्दा ठुलाे घटना अबैध रुपमा लुकाइराखेको १६८३ बाेरा चिनि राजस्व अनुसन्धान कार्यालय बुटवल सगँकाे संयुक्त समन्वयमा रााग्राम ८ बाट बरामद गरिएकाे थियाे ।
उहाँको बेग्लै प्रतिभाहरू पनि छन् गित लेख्ने,उत्कृष्ट लेख तथा रचनाहरू सिर्जना गर्ने, जसको कारण २०७८ सालभरी प्रहरी पत्रिकामा प्रकाशित लेख रचनाकाे आधारमा प्रहरी तर्फ अघिल्लो बर्ष ( प्रहरी दिवसकाे उपलक्ष्यमा ) २०७९ सालकाे उत्कृष्ट लेखककाे पुरस्कारबाट पनि सम्मानित हुनुभएकाे थियाे ।
तेर्ह महिनाकाे बसाइँ सकि परासीबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङमा कार्यालय प्रमुख भएर जाँदै हुनुहुन्छ । सुखद कार्यकालको शुभकामना ।



Ads