ताजा अपडेटः

म हिंसा गर्दिन, म हिंसा सहन्न “भन्ने प्रतिवद्धता सहित  पाल्हीनन्दनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

म हिंसा गर्दिन, म हिंसा सहन्न “भन्ने प्रतिवद्धता सहित  पाल्हीनन्दनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार १९:४९

पाल्हीनन्दन,नवलपरासी । “म हिंसा गर्दिन, म हिंसा सहन्न “भन्ने प्रतिवद्धता सहित  पाल्हीनन्दनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू भएकाे छ । पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा सरोकारवालहरुको उपस्थितिमा उक्त अभियान शुरू भएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष गुप्ताले लैङ्गिक हिंसा विरुद्धको याे अभियानमा लैङ्गिकमैत्री वातावरण निर्माण गर्ने भन्दै गाउँपालिकाले सरोकारवालासँग  सहकार्य गरिने बताउनुभयाे ।


सोहि अवसरमा सहभागिहरुलाई हिंसा विरुद्धको संकेतको रुपमा सेतो रिवन वितरण गरिएको थियाे भने हिंसामुक्त समाजका लागि  नेपालको नक्सामा १८५ वटा पालामा दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य अनामिक हरिजन,पाल्हीनन्दन गाउँपालिका वडा नं. १ का अध्यक्ष चुल्हाई प्रसाद यादव, वडा नं.२ का अध्यक्ष जगदिस प्रसाद गुप्ता, वडा नं. ३ का अध्यक्ष गोधन प्रसाद हरिजन, वडा नं. ६ का अध्यक्ष कृष्णचन्द्र यादव, , महिला तथा बालबालिका शाखा प्रमुख सुमन गुप्ता, सुनवल सामुदायिक विकास केन्द्रका कार्यवाहक अध्यक्ष जयराम वस्याल, कार्यक्रम संयोजक राधा सापकोटा लगायतले बोल्नु भएको थियाे  ।



Ads