ताजा अपडेटः

५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस परासीमा

कल्पना खरेल
५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस परासीमा प्रकाशित मिति: March 21st, 2024

नवपरासी । जातीय विभेदको अवस्था र  उत्मूलनको उपायका विषयमा विचार विमर्श गर्दै ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस  मनाइएको  छ । आज बिहिवार पश्चिम नवलपरासीको परासीमा संयुक्त दलित अधिकार समिति नवलपरासीको आयोजनामा याे दिवस मनाइएको हाे ।
समितिका जिल्ला अध्यक्ष विर वहादुर विश्वकर्माको अध्यक्षता र संविधान सभा सदस्य दुलारी हरिजनको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा राष्ट्रिय सभाका पूर्व साँसद रामलखन हरिजन, नेपाली काँग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रम यादव, नेकपा एमालेका उपाध्यक्ष डोलराज भण्डारी, नेकपा माओवादीका सचिवालय सदस्य अगविर वि.क., दलित संघका जिल्ला अध्यक्ष मोहन वि.क., मुक्ति समाजका जिल्ला अध्यक्ष राजेन्द्र रसाइली, अधिवक्ता मनोजकुमार हरिजन, चमार समाजका अध्यक्ष संजय चमार लगायतले बोल्नु भएको थियो ।
नेपाल दलित संघ, नेपाल उत्पिडित जातीय मुक्ति समाज, नेपाल दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय दलित मुकति संगठन, छुवाछुत विरुद्ध अभियान नेपाल, परियार एकता संस्था, मिजार समाज, चमार युवा मंच नेपाल उत्पिडित उत्थान संस्था लगायत ९ वटा संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको संयुक्त दलित अधिकार समिति नवलपरासीका अध्यक्ष वीर बहादुर विश्वकर्माले बताउनुभयाे ।




Ads