ताजा अपडेटः

जिल्लामा पहिलाे पटक प्लान्टर मेसिनद्वारा आलु खेती गरिदै , खर्च कटाएर २५ लाख मुनाफा कमाउने आशा

कल्पना खरेल
जिल्लामा पहिलाे पटक प्लान्टर मेसिनद्वारा आलु खेती गरिदै , खर्च कटाएर २५ लाख मुनाफा कमाउने आशा प्रकाशित मिति: १९ मंसिर २०८२, बिहीबार १९:४०

सुनवल, मंसिर १८ गते । नवलपरासी पश्चिम स्थित सुनवल १० मा ” लागत कम र मुनाफा बढि कमाउने ” लक्ष्य सहित पहिलाे पटक प्लान्टर मेसिनद्वारा आलु खेती गरिएकाे छ । यूवा पुस्ताले
कृषिमा खासै भविष्य नदेखेकाे अवस्थामा कृषिमा संभावना खाेज्दै देवदहका दिपक ढकालले प्लान्टर मेसिनद्वारा आलुखेती गर्नुभएकाे हाे ।
उहाँले प्रतापपुर ८ का निजामुदीन मियासगँ सहकार्य गरि करिब १० विगाह क्षेत्रफलमा सेजिटा प्रजातिका आलु खेती सुरू गर्नुभएकाे छ । फ्रेन्च फ्राईका लागि प्रयाेग हुने याे आलुकाे बिउ फस्ट च्वाइस् फुण्डस प्रा.लि. रूपन्देहीले उपलब्ध गराएकाे हाे । उक्त कम्पनीले आलुकाे बीउ सहित आलु राेप्ने मेसिन र टेक्निसियन समेत उपलब्ध गराएकाे छ ।
संचालक ढकालले पहिलाे पटक यति ठूलाे मात्रामा लगाइएकाे आलुखेती जिल्लामै नमुना बन्ने विश्वास लिएकाे बताउनुभयाे ।
१५ लाख लागत लाग्ने अनुमान सहित १० विगाहा क्षेत्रफलमा करिब ३० टन आलुकाे बीउ लगाउन यतिबेला दैनिक २५ जना जनशक्ति खटाइएकाे छ । कम्तिमा ३०० टन आलु उत्पादन हुने अनुमान समेत गरिएको छ ।
संचालक ढकालले बिद्यालयको जग्गा बार्षिक २५ हजार तिर्ने सहमतिमा पाचँ बर्षकाे लागि भाडामा लिएर गरिएकाे यस आलुखेतीबाट चार महिनामा खर्च कटाएर २५ लाख मुनाफा कमाउने विश्वास लिएकाे बताउनुभयाे ।
बीउ बितरण देखि उत्पादित आलु खरिद गर्ने सम्मकाे सम्पूर्ण जिम्मेवारी उक्त कम्पनीले गर्ने हुदा बजारीकरणकाे कुनैपनि समस्या रहनेछैन ।
जसकाे लागि आलुको न्यूनतम मूल्य प्रतिकिलो २३ रुपैयाँ तोकिएको र आलुकाे बिक्रि समयसम्म मुल्यमा थपघट भए त्यसमा २ रूपैया थपेरै खरिद गरिने फस्ट च्वाइस् फुण्डस प्रा.लि. का कार्यकारी अध्यक्ष कृष्णप्रसाद पाैडेलले बताउनुभयाे ।
उत्पादित आलु रुपन्देहीको फर्साटिकरमा रहेको क्वालिटी फुड्स प्रालिले उत्पादन गर्ने फ्रेन्च फ्राई बनाउन प्रयोग गरिने छ । यस कम्पनीले हालसम्म अमेरिकामा फ्रेन्च फ्राई निर्यात गर्दै आएकाेमा अबका दिनमा अन्य देशमा समेत फ्रेन्च फ्राई निर्यात गर्नेभएकाे छ ।




Ads