कल्पना खरेल
प्रकाशित मिति: ११ मंसिर २०८२, बुधबार १९:५६
सुनवल ,मंसिर १० गते ।उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा आजदेखि पाँचौँ सुनवल महोत्सव सुरु भएको छ । “कृषि उद्योग व्यापार, कला र संस्कृति समग्र सुनवलको समृद्धि” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवक नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले समुद्घाटन गर्नुभएको थियाे ।
साेहिँ क्रममा बाेल्दै केन्द्रिय अध्यक्ष ढकालले देशकाे समग्र विकासका लागि निजी उद्योगी व्यवसायीकाे भूमिका महत्त्वपूर्ण हुने भन्दै सरकार सगँ निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेकाे बताउनुभयाे ।
उहाँले उद्योगी व्यवसायीलाई लगानी गर्ने उचित बाताबरण तयार गर्दै त्यसकाे संरक्षण र प्रवर्द्धनमा सरकार सचेत हुनुपर्नेमा जाेड दिनुभयाे ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल,लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्याल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकाल, बर्दघाट उद्योग वाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले बाेल्दै मेलाले व्यवसायीक सफलता मात्र नभई यस क्षेत्रकाे पहिचानलाई समेत ध्यानमा राखेर अगाडि बढ्न सुझाव दिनुभयाे ।
सुनवल चौराहा सि गेटबाट विभिन्न समुदायकाे भेषभूषा र नाचँगान सहितकाे हजाराैकाे उपस्थितिमा प्रभात फेरी गरिएकाे कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि शैक्षिक तथा सामाजिक व्यक्तित्व, जनप्रतिनिधि लगाएको उपस्थिति रहेकाे थियाे ।
मुख्य प्रवेशद्धारमा बाबा बर्दगोरियाको प्रतिमा रहेकाे छ भने गुरुङ ,मगर तथा थारु समुदायको परम्पराग घर,तथा खानाको परीकार,कृषि,विज्ञान प्रदर्शनी र सेल्फी जोन ,होटल तथा व्यापारका स्टलहरु रहेका छन् ।
महोत्सवमा स्थानीय र अन्य जिल्लाका उद्यमी व्यवसायी गरी करिब २०० वटा स्टलहरु राखिएका छन् । मेला अवलोकनका लागि टिकट दर सर्वसाधारणलाई रु. १०० ,विद्यार्थीलाई रु. ७० राखिएकाे छ भने सामूहिक रूपमा मेला अवलोकन गर्न आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी ६८ वर्षभन्दा माथि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले यस मेलाले स्थानीय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, उत्पादक, वितरक र निर्यातकर्ताहरूलाई एउटै मञ्चमा भेला गराई सुमधुर सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
महोत्सव मङ्सिर २१ गतेसम्म संचालन हुनेछ ।