ताजा अपडेटः

दुइ दाजुभाई पोखरीमा मृत फेला

कल्पना खरेल
दुइ दाजुभाई पोखरीमा मृत फेला प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार २०:००

 

नवलपरासी पश्चिम वैशाख १९ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिका वडा नम्बर ६ सगरमाथा टोलमा रहेको पोखरीमा दुइ दाजुभाई मृत फेला परेको छ । आज बिहान १० बजे घरबाट खानाखाएर हिडेका दाजुभाई साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा सुनवल ६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताउनुभयो । साझँ ५ बजे पोखरीमा एक मृत बालक तैरिहरेको स्थानियले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि त्यहिँ पोखरीमा डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । तत्पश्चात प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजीगर्दा पोखरी भित्र गडेको अवस्थामा अर्को मृत बालक फेला परेको थियो । उनीहरु दुवै जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् ।




Ads