ताजा अपडेटः

सुस्तालाई पर्यटककाे गन्तव्य स्थल बनाउन ,जमिन र वायु प्रदुषण न्यूनीकरण गर्नुपर्ने

कल्पना खरेल
सुस्तालाई पर्यटककाे गन्तव्य स्थल बनाउन ,जमिन र वायु प्रदुषण न्यूनीकरण गर्नुपर्ने प्रकाशित मिति: २९ श्रावण २०८२, बुधबार १६:५१

सुस्स्ता, साउन २८ गते । सुस्तालाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनाउन यस क्षेत्रका ठूला उद्योगहरूले गर्दै आएकाे जल,जमिन र वायु प्रदुषण न्यूनीकरण गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
उनीहरूले ४० बर्षदेखि संचालित केही ठूला उद्योगबाट निस्किएका फाेहाेर पदार्थले सुस्ताकाे पर्यटक लाेभ्याउन सक्ने प्रचुल सम्भावनामाथि संकट ल्याएकाे भन्दै यसकाे दिर्घकालिन समाधान नखाेजिए , मानव स्वास्थमा गम्भीर असर पर्ने बताएका हुन्।
आज बुधबार सुस्ता गाउँपालिकाकाे आर्थिक सहयाेगमा , नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा नवलपरासी र परासी प्रेस क्लबकाे समन्वयमा संचालित वायु प्रदूषणकाे संकट र हाम्रो साझाँ दायित्व विषयक संवाद कार्यक्रममा बाेल्ने बक्ताहरूले उक्त कुरा बताएका थिए ।
सहभागीहरूले अधिकाशं स्थानीयले अझैपनि परम्परागत इन्धन गुइठाे र दाउराकाे प्रयाेग गर्दै आइरहेकाेले यसले स्वासप्रस्वास सम्बन्धि दम, खाेकि, निमाेनिया र फाेक्साेकाे क्यान्सर सम्मकाे उच्च जाेखिम भएकाेले स्थानीय सरकार यश बिषयमा सजग रहन सुझाव दिएका छन् ।
कार्यक्रममा बाेल्दै गाउँपालिका प्रमुख टेेक नारायण उपाध्यायले वायु प्रदुषणका विषयमा बेलाबलामा विभिन्न सचेतनाका कार्यक्रमहरू संचालन गर्दै आएकाे र यसलाई थप प्रभावकारी बनाउन जनप्रतिनिधि , सराेकारवाला र पत्रकार एक हुनुपर्ने बताउनुभयाे ।
उहाँले प्रदेश र केन्द्रीय सरकारबाट आउने बजेट निकै कम रहेकाे र गाउँपालिकाकाे आन्तरिक स्राेत समेत राम्रो नभएकाेले साेचेअनुरूप काम गर्न नसकेकाे स्वइकार्दै उद्योग नविकरण गर्दा सरकारले गाउँपालिकाकाे सिफारिस मागे प्रदूषण नियन्त्रण गर्न स्थानीय सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयाे ।
यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष निल बहादुर गुरूङले सुस्ताकाे सम्भावना र चुनाैतीलाई बैज्ञानिक ढंगले विश्लेषण गर्दै आगामी दिनमा वायु प्रदूषण न्यूनीकरण गर्न ठाेस नीति सहित अगाडि बढ्ने प्रतिक्रिया दिनुभयाे ।
जलवायु प्रतिरोधात्मक परियाेजनाका जिल्ला संयाेजक अनुप खड्काकाे विशेष प्रस्तुति रहेकाे कार्यक्रममा जिल्ला भित्रका संचारसकर्मीहरूले आ-आफ्ना सुझाव सहितकाे प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा परासी प्रेस क्लबका अध्यक्ष माेहन पाैडेकाे संचालन र निवर्वतमा अध्यक्ष बेचु गाैणकाे स्वागत मन्तव्य रहेकाे थियाे ।




Ads