ताजा अपडेटः

प्रतापपुरमा करिब १३ करोडको प्रशासनिक र करिब २ करोडमा प्रसुति भवन निर्माण

कल्पना खरेल
प्रतापपुरमा करिब १३ करोडको प्रशासनिक र करिब २ करोडमा प्रसुति भवन निर्माण प्रकाशित मिति: १८ श्रावण २०८२, शनिबार ०७:०६

नवलपरासी पश्चिम, साउन १७ गते । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा करिब १३ करोडको लागतमा प्रशासनिक भवन र प्रसुति भवन निर्माण भएका छन् ।
संघीय सरकारको ५ करोड ४० लाख र गाउँपालिकाको ६ करोड ९ लाख गरी कुल ११ करोड ४९ लाखमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर आनन्द यादवले जानकारी दिनुभयो । भवन नहुँदा गाउँपालिकाले दुई वटा घर भाडामा लिएर सेवा प्रभाह गर्दै आएको थियो । अध्यक्ष उमेशचन्द्र यादवका अनुसार भवन निर्माण पश्चात गाउँपालिकाको आर्थिक व्ययभार घट्नुका साथै सेवा विस्तारमा थप सहज हुनेछ । चार तले भवनमा कार्यपालिका बैठक कक्ष, सभा कक्षसहित ३४ कोठा छन् । दुई वर्षअघि निर्माण सुरु गरिएको भवनको काम गत जेठमा सकिएको हो ।
त्यसैगरी संघीय सरकारको ३८ लाख, प्रदेश सरकारको २५ लाख ६९ हजार र गाउँपालिकाको ७० लाख गरी कुल १ करोड ३३ लाख ६९ हजारमा प्रसुति भवन निर्माण गरिएको छ । यो भवन दुई तलाको छ । प्रसुति भवनमा भिडियो एक्सरेसमेत रहेको छ । डेढ वर्षअघि निर्माण सुरु गरिएको भवनको काम गत फागुनमा सकिएको हो । गाउँपालिकाले योसँगै चार स्थानबाट प्रसुति सेवा प्रदान गरिदैं आइएको छ ।




Ads