सुनवल, असार २६ गते । नवलपरासी पश्चिम स्थित सुनवल १ मा अवस्थित द पायनियर मा.वि.मा आज शुक्रबार “गुरु पुर्णिमा विशेष कार्यक्रम” आयाेजना गरिएकाे छ । विद्यालयमा क्रियाशील बाल क्लब ,जुनियर रेडक्रस ,इको क्लब ,हेल्थ क्लब, स्कुल प्रिफेक्टहरुले गुरु पुर्णिमाको उपलक्ष्यमा उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
विद्यालयका प्रिन्सिपल एवं कार्यक्रमकाे प्रमुख अतिथि कृष्णप्रसाद शर्माद्वारा केक काटेर उद्वघाटन गरिएकाे कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकालाई मायाको चिनो प्रदान गरिएकाे थियाे ।
साेहि क्रममा बाेल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद शर्माले गुरु पुर्णिमा विद्यार्थीहरुका लागि विशेष दिन भएकाे भन्दै गुरु र विद्यार्थीकाे सम्बन्ध सधेै नङ र मासुकाे रहने बताउनुभयाे ।
उहाँले विद्यार्थीकाे सफलतामा मात्र नभई विद्यार्थीकाे अप्ठाराे परिस्थिति र चुनाैतीमा समेत शिक्षक दाेस्राे अभिभावक बनेर उभिने हुदा सधै सत्मार्गमा लाग्न प्रेरणा बन्ने बताउनुभयाे ।
स्कुल क्याप्टेन पल्लमु गुरुङकाे अध्यक्षता एवं स्कुल सह क्याप्टेन सचिन शर्माकाे संचालन रहेकाे कार्यक्रममा
कार्यक्रम जुनियर रेडक्रस सर्कल सभापति कृष्टल राना,बाल क्लब अध्यक्ष आर्या पौडेल , प्रिफेक्ट लिडर सन्देश सापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।