ताजा अपडेटः

रकम दुरुपयोग नगर्न नगरप्रमुख विमला अर्यालको आग्रह

रकम दुरुपयोग नगर्न नगरप्रमुख विमला अर्यालको आग्रह प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार २०:००

कल्पना खरेल,नवलपरासी ।  गर्भवति महिला, सुत्केरी महिला र  सुनाैलाे १००० दिनका आमाहरू गरि २५ जना महिलाहरूलाई आयमुलक क्रियाकलापका लागि रू २५- २५ हजार अनुदान हस्तान्तरण गरिएकाे छ ।

श्रमज्याेति महिला वचत तथा ऋण सहकारी संस्था लि.पश्चिम नवलपरासीको आयाेजना र सुनवल नगरपालिकाकाे सहयाेगमा बहुउद्देश्यीय पाेषण याेजना अन्तर्गत पाेषण सम्बन्धि आयआर्जन गर्ने लक्ष्य  सहित उक्त रकम नगर प्रमुख विमला अर्यालद्वारा आज हस्तान्तरण गरिएको हाे ।


यस कार्यक्रमकाे मुख्य उदेश्य भनेकाे कुपोषणलाई दिगाे विकास लक्ष्य सहित घटाई विपन्न अवस्थाका महिलाहरूकाे सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि व्यवसायीक आयमूलक कार्यक्रमलाई टेवा पुर्याउनु रहेकाे छ ।


साेहि क्रमममा बाेल्दै नगरप्रमुख अर्यालले एउटा स्वस्थ आमाले मात्र एक निराेगी सन्तान जन्माउन सक्छन् भनि  पाेषणयुक्त खानाकाे लागि रकम हस्तान्तरण गरिएकाे हुदा रकमकाे दुरुपयोग नगर्न आग्रह गर्नुभयाे ।


साथै नगरप्रमुख विमला अर्यालले जुन-जुन व्यवसाय संचालन गर्ने भनेर फर्म भरिएकाे छ, साेहि अनुरूप ३० दिन भित्र व्यवसाय  गर्नुपर्ने अन्यथा अनुगमनमा त्यस्ताे नपाईए रकम फिर्ता लग्न  सकिने  समेत स्पष्ट पार्नुभयाे ।

त्यसैगरी महिला बालबालिका शाखा प्रमुख केशरी गैरेले कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्दै मुख्य लक्ष्य भनेकै बालबालिकालाई कुपोषण हुनबाट जाेगाई सुनवल नगरपालिकालाई पाेषणमैत्री बनाउन सहयाेग गर्नु रहेकाे उल्लेख गर्नुभयाे ।


संस्थाकी उपाध्यक्ष चन्द्रवती गाैतकाे स्वागत र पम्फा देवी क्षेत्रीकाे संचालन रहेकाे कार्यक्रममा कार्यपालिका सदस्य सीता भण्डारी, वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी लगाएतले बाेल्दै विपन्न महिलालाई राेजगार सृजना गरि आत्मनिर्भर बनाउने नगर सरकारकाे उदेश्यमा हातेमालाे गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयाे ।


श्रमज्याेति महिला वचत तथा ऋण सहकारी संस्था लि.काे अध्यक्ष राधा तिमल्सिना सापकोटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरूले तरकारी खेती ,बाख्रा पालन,वंगुर पालन,भैंसी पालन , कुखुरा पालन लगायतकाे व्यवसायकाे फर्म भरेका थिए ।



Ads