सरावल गाउँपालिकाको वित्तिय प्रगति ८४.९४ प्रतिशत
नवलपरासी पश्चिम, असार २६ गते । नवलपरासी पश्चिम स्थित सरावल गाउँपालिकाको वित्तिय प्रगति ८४.९४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१ /०८२ को स्वीकृत वार्षिक बजेट अनुसारको निर्धारित कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्दै समग्रमा ८४.९४ प्रतिशत वित्तिय प्रगति खर्च हासिल गरेको हो ।
जसअर्तगत चालुतर्फ ८९.५ प्रतिशत, पूँजीगततर्फ ७६.४१ प्रतिशत खर्च प्रगति रहेको छ । यो वित्तिय प्रगति समयमै आर्थिक कारोबारको भुक्तानी सम्पन्न गर्दै लक्षित बजेट कार्यान्वयन गर्न सफल भएको संकेत हो ।
गाउँपालिकाले यसप्रति गाँउपालिकाले वार्षिक बजेटको तर्जुमा, कार्यान्वयन र अनुगमन मूल्यांकन साथ दिने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, उपभोक्ता समितिहरु, निर्माण व्यवसायीहरु, विकास साझेदार सरोकारवाला, संचारकर्मी एवं नागरिक समाज सम्पूर्णमा आभार व्यक्त गरेको छ ।
सरावल गाउँपाकिाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गाँउपालिकाको बजेटलाई जिम्मेवारीपूर्ण प्रयोग गर्दै आर्थिक प्रगति गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै अझ प्रभावकारी ,उत्तरदायी र जनमुखी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले आगामी आर्थिक वर्ष २०८२/०८३ मा समेत सक्रिय सहभागिता र सहयोगको अपेक्षा राखिएको बताउनुभयो ।