ताजा अपडेटः

सुनवल नगरपालिकाको १२ वटा स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

कल्पना खरेल
सुनवल नगरपालिकाको १२ वटा स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा प्रकाशित मिति: १६ असार २०८२, सोमबार २१:०९

सुनवल , असार १६ गते । नवलपरासी पश्चिम स्थित सुनवल नगरपालिकाको १२ वटा स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । आज सोमबार नगरप्रमुख विमला अर्यालको अध्यक्षतामा १२ वटा स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको भएको हो ।
घोषणा गरिएको बाह्रवटा स्वास्थ्य संस्थाहरुमध्ये गत बर्ष वडा नम्बर १, ३, ४, ५ र ६ गरी पाचँ स्वास्थ्य संस्थाहरु र यसवर्ष वडा नबर २, ७, ८, ९, १०, ११ र १३ मा अवस्थित सात स्वास्थ्य संस्थाहरु रहेका छन् ।
किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि गरिएको मुल्यांकनमा ति स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, आकस्मिक प्रसूति तथा नवजातन शिशु प्रजनन स्वास्थ्य रुग्णता लगायतका स्वास्थ्य सेवाहरु किशोर किशोरीमैत्री रहि आवश्यक पर्ने सम्पूर्ण मापदण्डहरु पुरा भएको थियो ।
सोहि कार्यक्रममा बोल्दै नगरप्रमुख विमला अर्यालले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि निरन्तर लाग्नुहुने स्वास्थ्यकर्मि, कर्मचारी,जनप्रतिनिधि, स्वास्थ्य कार्यालय परासी,इन्द्रेणी विकाश मंच लगाएतप्रति विशेष आभार व्यक्त गर्नुभयो ।
साथै नगरप्रमुख अर्यालले वडा नम्बर १२ मा अवस्थित स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि यहि आर्थिक वर्ष २०८२/ ०८३ मा आवश्यक पर्ने सम्पूर्ण मापदण्ड पुरा गर्न निर्देशनात्मक आग्रह गर्दै जिल्लामै पहिलो किशोर किशोरी मैत्री नगर घोषणाका लागि लाग्न सबैलाई सुझाव दिनुभयो ।
सिनियर अयव चुरामणि नेपालको संचालन र प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको स्वागत रहेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद न्यौपानेले घोषणापत्र प्रस्तुत गर्नुभएको थियो भने नगरप्रवक्ता कृष्णप्रसाद वगाले, कार्यपालिका सदस्य भगवती बस्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।




Ads