ताजा अपडेटः

द पायनिएर स्कुलद्वारा SEE मा उत्तीर्ण विद्यार्थीलाई सम्मान

कल्पना खरेल
द पायनिएर स्कुलद्वारा SEE मा उत्तीर्ण विद्यार्थीलाई सम्मान प्रकाशित मिति: १७ असार २०८२, मंगलवार २२:४१

सुनवल असार १७ गते । सुनवल स्थित द पायनिएर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलले आज मंगलबार २०८१ काे एसईई परिक्षामा उत्तिर्ण विद्यार्थी र उनका अभिभावकलाई सम्मान गरेकाे छ ।
विद्यालयकाे प्रिन्सिपल कृष्णप्रसाद शर्माको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे प्रमुख आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।
सम्मान कार्यक्रममा बाेल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले एसईई मा सफल भएका विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै मेहनत र लगनशील भएर +2 अध्ययन गर्न सुझाब दिनुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद शर्माले विद्यालय प्रशासनकाे व्यवस्थापन र शिक्षक, अभिभावक अनि विद्यार्थीकाे मेहनतले याे नतिजा ल्याउन सफल भएकाे बताउनुभयाे । उहाँले विद्यालयबाट विदा हुदैमा शिक्षक र विद्यार्थीकाे सम्बन्ध कमजाेर नहुने भन्दै हरेक परिस्थितिमा शिक्षक र विद्यालय विद्यार्थीकाे साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विद्यालयबाट २०८१ काे एसईई परिक्षामा ३.९६ जिपिए सहित नगर प्रथम हुने विपिन गैरे सहित ३ जना A+, ५ जना A, ४ जना B+ र ७ जना B सहित उत्तीर्ण भएका २३ विद्यार्थी र अभिभावकलाई खादा माला र प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे ।
सहायक प्रिन्सिपल यादव प्रसाद भट्टराईकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे संचालन शिक्षक संगम पाण्डेले गर्नुभएकाे थियाे ।




Ads