ताजा अपडेटः

कराते बिधातर्फ सफल चार खेलाडीलाई पाल्ही मध्य नेपाल यातायात प्रा.लिद्वारा सम्मान

कल्पना खरेल
कराते बिधातर्फ सफल चार खेलाडीलाई पाल्ही मध्य नेपाल यातायात प्रा.लिद्वारा सम्मान प्रकाशित मिति: ७ असार २०८२, शनिबार १८:१६

सुनवल, असार ७ गते । कराते बिधातर्फ सफल चार खेलाडीलाई पाल्ही मध्य नेपाल यातायात प्रा.लिले आज सनिवार सम्मान गरेकाे छ । यहीँ जेष्ठ २८,२९ र ३० गते काठमाडौंमा भएकाे १५ ओै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशकाे प्रतिनिधित्व गर्दै पदक हासिल गर्न सफल खेलाडीलाई सम्मान गरिएकाे हाे ।
सम्मान हुनेमा कराते विधाकाे कुमिते तर्फ ५० केजी ताैल समुहमा प्रथम र उत्कृष्ट खेलाडी सम्मानित कृष्ण बारघरे मगर, ५७ केजी ताैल समुहमा तृतीय खेलाडी आयुष सुनार ,कराते विधाकाे काता तर्फ तृतीय हुन सफल खेलाडी संचित कर्माचार्य लगाएत रहेका छन् ।
खेलमा कुमिते र काता गरी ७ प्रदेशबाट, प्रदेश बराबर १२ खेलाडीकाे प्रतिस्पर्धा रहेकाे थियाे । विजयी खेलाडी श्रीलंकाकाे काेलम्वाेमा आगामी जुलाई २ देखि ७ तारिखसम्म आयाेजना हुन गइरहेकाे नवाैं दक्षिण एशियाली कराते प्रतियोगितामा छनाैट भएका छन् ।
पाल्ही मध्य नेपाल यातायात प्रा.लिका कार्यालय प्रमुख हेम बहादुर सारू मगरकाे अध्यक्षता एवं राष्ट्रिय खेलकुद परिषदकाे कराते प्रशिक्षक ऋषिराम पाैडेलकाे प्रमुख अतित्थ्यता रहेकाे कार्यक्रमकाे संचालन कराते महासंघ केन्द्रीय सदस्य एवं राष्ट्रिय तथाअन्तराष्ट्रि रेफ्रि कमला रानाले गर्नुभएकाे थियाे ।




Ads