ताजा अपडेटः

प्रतापपुर गाउँपालिका स्थित वडा नम्बर ५ ले अब आफ्‌नै भवनबाट सेवा प्रवाह गर्ने

कल्पना खरेल
प्रतापपुर गाउँपालिका स्थित वडा नम्बर ५ ले अब आफ्‌नै भवनबाट सेवा प्रवाह गर्ने प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार ०८:२६

नवलपरासी पश्चिम वैशाख २० गते । नवलपरासी पश्चिम स्थित प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयलले आजदेखि आफ्‌नै भवनबाट सेवा सुरु गर्ने भएको छ । भाडामा सेवा प्रवाह गर्र्दै आएको यस वडाले आफ्‌नै भवन निर्माण भएपश्चात सोहिँ भवनबाट सेवा सुरु गर्ने भएको हो ।
लामो समयदेखि भाडामा सेवा प्रवाह गर्दै आएको यस वडाले साना कोठा भएका कारण सेवाग्राहिलाई उभिएर लामो समय बसाल्नुपर्ने, भिडभाड बढि हुदा कर्मचारीलाई सेवा प्रभाह गर्न कठिन हुने जस्ता समस्या झेल्दै आएको वडा नम्बर ५ का वडा अध्यक्ष रमेश कानु बानियाले बताउनुभयो ।
२०७९ सालदेखि बन्न सुरु गरेको यस भवन ठेगदारको लापरबाहिका कारण निर्माण कार्य सम्पन्न हुन ४ बर्ष लागेको छ । करिब १ करो १७ लाखमा बनेको यस वडा १० कोठा सहितको एक तल्लाको रहेको छ । वडा अध्यक्ष बानियाले जन्मदेखि मृत्युसम्मको हरेक दर्ताप्रकृया वडामा ठोकिने भएकोले अब आफ्‌नै भवनबाट सेवा प्रवाह गर्न सहज हुने, सेवाग्राहिलाई समेत लामो समय सम्म उभिनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
९ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा वडा नम्बर ५ सहित वडा नम्बर १ र ८ गरि ३ नयाँ वडा कार्यालय बनेको छ । त्यस्तै वडा नम्बर ३ को वडा कार्यालय बन्दै छ र वडा नम्बर ९ बन्ने क्रममा रहेको छ । सो वडा कार्यालयको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले समुद्धघाटन गर्नुभएको थियो ।




Ads