प्ररतापपुर , जेठ २९ गते । नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका वडा नम्बर ४ मा रहेको पचफेडा गाउँलाई जोड्ने गरी खजुरा खोलामा पक्की पुल निर्माण सुरु भएको छ ।
१ करोड ४० लाखको लागतमा बन्ने उक्त पुलपुलकाे एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले शिलान्यास गर्नुभएकाे हाे ।
हरेक वर्षायाममा खजुरा नदिमा आउने बाढीले स्थानीयका जनजीवन प्रभाबित पार्दै आएकाले त्यहाँ पुल बनाउन लागिएकाे प्रतापपुर गाउपालिकाकाे अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।
पुल नहुदा प्रत्येक बर्ष पचफेडाका स्थानीयले बाढीका कारण थुप्रै समस्या झेल्दै आएका थिए । पुलको अभावमा विद्यालय पढ्न आउजाउ गर्ने बालबालिका समेत समस्यामा पर्देै आएकाले त्यसलाई मध्यनजर गरेर पुल निर्माण थालिएको अध्यक्ष यादवले बताउनुभयो ।
स्थानीय रामबली राजभर भन्नुहुन्छ ” चुनावको बेला पुल बनाउछु भन्छन् सबै तर काम कसैले पनि बनाएनन” अहिले बल्ल पुल निर्माण हुने आशा पलाएको छ ।
५० फिट लामो र ५ मिटर चौडाई रहेकाे उक्त पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने पुल निर्माणको जिम्मा पाएकाे ईश्वर त्रिरत्न जेबी कम्पनीले जानकारी दिुनभयो ।