नवलपरासी पश्चिम जेठ २१ गते । समावेशी कृषि सहकारी संस्था लि. सुनवल २ नवलपरासी पश्चिमले सोमबार टेण्डर आव्हान गरेको छ । संस्थाले यहिँ वैशाख २० गते राष्ट्रिय दैनिक मेचिकालि पत्रिकामा टेक्टर, वेलर मेसीन, रिपर, कल्टी वेटर, थ्रेसर लगाएत कृषियन्त्र खरिदका लागि जेठ १९ गते दिउँसो १२ बजेसम्म बोलपत्र आव्हान गरेको थियो ।
जसअन्तर्गत दर्ता हुन आएका पाचँ वटा फर्मको बोलपत्र रकम सहितको टेण्डर संस्थाको कार्यसमिति, लेखासमिति , जनप्रतिनिधि, सुरक्षाकर्मि र पत्रकारको रोहबरमा खोलीएको हो । दर्ता हुन आएका कम्पनीहरुमा अम्बु मार्केटिङ्ग सिद्धार्थनगर रुपन्देही, नेपाल ट्रेड सेन्टर बुटवल, मुक्तिनाथ कृषि कम्पनी लि. कालिकानगर, नेशनल मल्टीइन्टर प्राइजेज बुटवल ,विटा साइन्स ग्यालरी वुटवल रहेका छन् ।
यी पाचँ मध्येबाट कम्पनीको रिनो भएको, ट्याक्स तिरेको , कालो सूचिमा नपरेको, बाणिज्य बैंकमा भौचर भएको देखि आवश्यक कागजपत्र चुस्तदुरुस्त रहेको र कम भन्दा कम मूल्यमा गुणस्तरको आवश्यक कृषि औजार उपलब्ध गर्नसक्ने कम्पनीलाई खरिद गर्न दिइने संस्थाको अध्यक्ष धनमाया क्षेत्रीले बताउनुभयो ।
उक्त कम्पनी इन्जिनियरको रोहबरहमा मापदण्डभित्र पर्नुपर्ने छ । अध्यक्ष क्षेत्रीका अनुसार किसानहरुलाई सहुलियतमा कृषियन्त्रको पहुच पुयाउने लक्ष्य सहित कष्टम हायारिङ सेन्टर स्थापनाको लागि धानजोन अन्तर्गत कृषि यन्त्रको खरिद गर्न लागिएको हो । उक्त कृषि यन्त्र खरिदमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ भैरहवा रुपन्देहीको ५० प्रतिशत अनुदान र संस्थाको ५० प्रतिशत गरी कूल ४० लाखको लागत रहेको छ ।
त्यसैगरी उक्त योजना अन्तर्गत सहकारीको नमुना सिंचाई उपभोक्ता समितीलाई १० लाखको पक्की पुल निर्माण, साना सिंचाइको लागि ३ लाख २० हजार अनुदान रहेको छ । त्यसैगरी धानको मुल विउ र उन्नत विउ खरिदका लागि ६ लाख ११ हजार ८ सय ७० रकम जसमा संस्थाको ५० प्रतिशत र आयोजनाको ५० प्रतिशत लागत रहने छ ।
यसैगरी सार्वजनीक कुलो निर्माणको लागि परियोजनाको १० लाख र ३ लाख ९० हजार उपभोक्ताको जनश्रमदान रहेको छ । संस्थाले कृषि ज्ञानकेन्द्रको वर्षैपिच्छे १० लाख बराबरको मकैको विउ अनुदानमा समेत वितरण गर्दै आएको छ भने कागती, आपँ, लिच्ची लगाएतका विरुवा अनुदानमा ल्याएर सेयर सदस्यलाई वितरण गरेको छ । बेलाबेलामा सेयर सदस्यलाई कृषि तालिम संचालन गर्दै आएको र एक दिने दन्त शिविर समेत संचालनमा ल्याएको छ ।
संस्थाले ४ विघा जग्गामा आलु खेती गरी कृषकहरुलाई आलुको विउ वितरण गरेको छ । नयाँ सफ्टवेयरको प्रयोग गरी संस्थामा प्रशासनिक काम चुस्तदुरुन्त राखिएको छ भने सिसि क्यामराको जडान गरिएको संस्थाको अध्यक्ष धनमाया क्षेत्रीले बताउनुभयो ।