ताजा अपडेटः

सुनवलमा बेसिक व्युटिसियन तालिम सम्पन्न

कल्पना खरेल
सुनवलमा बेसिक व्युटिसियन तालिम सम्पन्न प्रकाशित मिति: १७ जेष्ठ २०८२, शुक्रबार २३:१५

सुनवल -८ नवलपरासी पश्चिममा महिला उद्यम केन्द्र तथा व्यवस्थापन समितिद्वारा संचालित बेसिक व्युटिसियन तालिम आज शुक्रबार सम्पन्न भएकाे छ। ” सीप सिकाैं आत्मनिर्भर बनाैं ” भन्ने नारासहित संचालित बेसिक व्युटिसियन तालिमकाे अवधि एक महिनाकाे रहेकाे थियाे ।
संस्थाका अध्यक्ष जानकी देवी पराजुली एवं सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अब्बल प्रशिक्षार्थी पुरस्कार , उत्कृष्ट प्रतिवेदन प्रस्तुतकर्ता पुरस्कार र तालिम लिएका ३५ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
साेहिँ क्रममा बाेल्दै नगरप्रमख विमला अर्यालले तालिमलाई तालिममा मात्र नलिई लिएकाे सिपलाई उद्यमशिलतामा जाेड्न सुझाव दिनुभयाे ।
प्रत्येक महिला सिपसगँ जाेडिनुपर्छ भन्ने उदेश्यका साथ महिला लक्षित तालिम कार्यक्रमकाे आयाेजना गरिएकाे भन्दै आगामी दिनलाई सिकेका सिपलाई व्यवसायी ढंगले अगाडि बढाउन आग्रह गर्नुभयाे ।
यसैगरी जिल्ला समन्य समिति सदस्य सारदा परियारले प्रशिक्षार्थीले प्रस्तुत गरेकाे प्रतिवेदनबाट तालिम उत्कृष्ट रहेकाे भन्नेे बुझिएकाेले यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयाे ।
उहाँले नगरप्रमुुख अर्याललाई बल्न लागेकाे दियाेलाई मर्न नदिन आग्रह गर्दै आगामी बर्षसमेत यहीँ तालिमलाई निरन्तरता दिन सुझाव दिनुभयाे ।
उता वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गुरूङले सिकाईलाई यतिकै खेर फाल्न नहुने बताउनुभयाे । एड्भान्स तालिम आवश्यक रहेकाे प्रशिक्षार्थीकाे आग्रहलाई सम्बाेधन गर्न समेत नगरप्रमुख अर्याललाई आग्रह गर्नुभयाे ।
सचिव यम कुमारी खनालकाे संचालन एवं सदस्य सीता नेपालीकाे स्वागत रहेकाे कार्यक्रमा प्रशिक्षार्थी द्वय राेजिना खनाल र माेमिता वि.क र मुख्य प्रशिक्षार्थी लक्ष्मी भट्टराई गाैतमले तालिमकाे अनुभव बताउनुभएकाे थियाे ।
कार्यक्रममा वडा सदस्य र्धाेर्जे तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads