नवलपरासी,जेठ १५ गते । प्रेस चाैतारी नेपाल नवलपरासीले आज जेठ १५ गते गणतन्त्र दिवसकाे अवसरमा ” गणतन्त्रकाे अपरिहार्यता ” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
संस्थाका जिल्ला अध्ययक्ष गाैरीशंकर जैसवालकाे अध्यक्षता एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तिलक महतकाे प्रमुख आतिथ्यतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य बद्रीनाथ खनालले गणतन्त्रको उदय,गणतन्त्रले दिएकाे उपलब्धि ,ओैचित्य र पछिल्लो अवस्थामा गणतन्त्रमा देखिएकाे चुनाैती लगाएको विषय समावेश गरी कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
तत्पश्चात प्रस्तुत गरिएको कार्यपत्रमाथि कार्यक्रममा सहभागीहरूले सुझाव , प्रतिक्रिया र जिज्ञासा राखेका थिए ।
साेहि क्रमममा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तिलक महतले गणतन्त्रको बिकल्प अरू हुन नसक्नेभन्दै यसलाई अझ उत्कृष्ट बनाएर लैजान सुधारीएर जानुपर्ने बताउनुभयाे ।
उहाँले २४० बर्ष लामाे शाहवंशीय राजा परम्पराकाे अन्त्य जनताकाे छाेराछाेरी राष्ट्रप्रमुख बन्ने अवसर गणतन्त्रले दिएकाेले परिणाममुखि दिगाे बिकासका लागि देशमा राजनीति स्थायित्व आवश्यक रहेकाे बताउनुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै नेकपा एमाले नवलपरासीकाे जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले दलगत स्वार्थ र जुङ्गाकाे लडाइले गणतन्त्र खतरामा पर्ने भएकाेले यसलाई जाेगाउन गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिन आग्रह गर्नुभयाे ।
उहाँले देशमा जबजब नेकपा एमालेले सरकारकाे नेतृत्व गर्छ अनि मात्र विकासका कामले गति लिने गरेकाे बताउनुभयाे ।
प्रेस चाैतारी नेपाल नवलपरासीको सचिव कल्पना खरेलकाे संचालन र उपाध्यक्ष सुरेस यादवकाे स्वागत रहेकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष केशव पराजुली , नेकपा एमाले बुद्धिजीवी परिषदकाे केन्द्रीय सदस्य सुमन गाेपाल आचार्य, प्रेस यूनियनका अध्यक्ष उमेश वि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।