ताजा अपडेटः

सुनवल-१३ मा डिप ट्युवेल निर्माणकार्य सुरू

कल्पना खरेल
सुनवल-१३ मा डिप ट्युवेल निर्माणकार्य सुरू प्रकाशित मिति: ६ जेष्ठ २०८२, सोमबार १८:१०

सुनवल, जेठ ५ गते । सुनवल नगरपालिका वडा नं. १३ मा सुरक्षित, नियमित र पर्याप्त खानेपानी आपूर्ति गर्ने लक्ष्य सहित डिप ट्युवेल निर्माण कार्यको औपचारिक सुरुवात गरिएको छ। वडेरा खानेपानी उपभोक्ता समितिको पहलमा तथा सुनवल नगरपालिकाको आर्थिक सहयोगमा सर्वोत्तम सिमेन्ट कम्पनीको पूर्व क्षेत्रमा उक्त आयोजनाको सुरूवात गरिएकाे हाे ।
डिप ट्युवेल निर्माणपछि वडाका स्थानीय बासिन्दाहरूले वर्षेैभरी स्वच्छ खानेपानी पिउन पाउने छन् । स्थानीय तह र उपभोक्ता समितिको संयुक्त प्रयासले यस क्षेत्रमा रहेको दीर्घकालीन खानेपानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बाेल्दै सुनवल नगर प्रमुख विमला अर्यालले एक घर एक धारा स्थानीय सरकारकाे मुल नारा रहेकाेले हरेक व्यक्तिले शुद्व पिउने पानी पाउनुपर्ने बताउनुभयाे । उहाँले अधिकाशं राेग शुद्व खानेपानीकाे अभावले हुने भन्दै खानेपानी मात्र हाेइन शुद्व खानेपानी उपलब्ध गराउन आग्रह गर्नुभयाे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल,वडा नं. १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद वगाले, उपभोक्ता समितिका अध्यक्ष गंगाराम गैरे, समितिका सदस्यहरू, समाजसेवी तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो।
निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी उपभोक्ताहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको वडेरा खानेपानी उपभोक्ता समितिले जानकारी दिएकाे छ ।




Ads