ताजा अपडेटः

कपिलवस्तुमा बस र पिकअप भ्यान ठाेक्किदा १ काे मृत्यु ,८ जना घाइते

कपिलवस्तुमा बस र पिकअप भ्यान ठाेक्किदा १ काे मृत्यु ,८ जना घाइते प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार ११:०६

कपिलवस्तु, २९ जेठ । कपिलवस्तुमा आज बिहान बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा मंगलबार बिहान ६ बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएकाे हाे ।
दुर्घटनामा परि पिकअपका चालक कपिलवस्तु शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको  र अन्य ८ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले बताउनुभएकाे छ ।
घाइते ८ जनालाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।



Ads