ताजा अपडेटः

काउन जिल्ला समिति नवलपरासीले १३५ ओै श्रमिक दिवस मनायाे 

काउन जिल्ला समिति नवलपरासीले १३५ ओै श्रमिक दिवस मनायाे  प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार २२:१६

कल्पना खरेल,नवलपरासी ।   नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ ( काउन ) जिल्ला कार्य समिति नवलपरासीकाे १३५ ओै अन्तरास्ट्रिय श्रमिक दिवस आज बुधबार रामग्राममा  सम्पन्न भएकाे  छ ।
काउनका जिल्ला अध्यक्ष केशवराज कवर याेगीकाे अध्यक्षता तथा  नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै पुर्व गृहराज्य मन्त्री कण्डेलले  देशभरि  करिब ७० लाख श्रमिकहरूकाे राज्यले ज्याला निर्धारण गर्नुपर्ने भन्दै महिला र पुरूषविचकाे समान कामकाे असमान ज्यालाकाे अन्त्य  हुनुपर्ने धारणा राख्नुभयाे । उहाँले श्रमिककाे कडा परिश्रम र मेहनतकाे फल नै देशले सफलताकाे जग बलियाे बनाउने भएकाेले श्रमिकले पाउनुपर्ने सम्मान पाउन नसकेकाे उल्लेख गर्नुभयाे ।
कण्डेलले कानुनकाे विभेदपूर्ण प्रयाेग गरि सुनवस्थित नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ ( काउन )काे भवनमा डाेजर चलाउनु गलत भएकाेले नेपाली काग्रेंस त्यसकाे विरूद्वमा संघर्ष गर्दै श्रमिकको साथमा उभिने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
निति नियम र कानुन सबेैलाई बराबर हुनुपर्ने भन्दै कण्डेलले सार्वजनिक जग्गामा बनाइएका हरेक भाैतिक संरचना भत्काइनुपर्छ हैन भने विभेदपूर्ण व्यवहार कुनैपनि हालतमा स्वकार्य नभएकाे तर्क राख्नुभयाे ।
उता साेहि क्रममा बाेल्दै लुम्बिनी  प्रदेश सभा सदस्य बैजनाथ जैसवालले नेपाली काग्रेंसकै पालामा नेपालमा श्रमिक दिवस मनाउन लागिएकोले नेपाली काग्रेंस सदैब मजदुरकाे पक्षमा रहेकाे बताउनुभयाे । परासी निलाेगेट नजिकबाट सुरू भएकाे प्रभात फेरि बुद्वचाेक हुँदै बालमन्दिरमा गएर कार्यक्रम सम्पन्न भएकाे थियाे ।
काउनका जिल्ला सचिव गम बहादुर गुरूङकाे संचालन र उपाध्यक्ष हेप्पिनाथ कवरकाे स्वागत रहेकाे कार्यक्रममा नेपाली काग्रेंस क्षेत्रीय सभापति माधव प्रसाद पाण्डे,  नेपाली काग्रेंस  जिल्ला कार्यबाहक सभापति विक्रम यादव, ट्रेड यूनियन केन्द्रीय उपाध्यक्ष अयाेध्या यादव,काउनका केन्द्रीय उपाध्यक्ष धर्मदत्त चापागाईं,ट्रेड यूनियन जिल्ला अध्यक्ष  ज्ञान हरि अर्याल , नेपाल निर्माण संघ प्रदेश उपाध्यक्ष मन बहादुर खवास लगाएतले मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads