ताजा अपडेटः

बनेकाे साढे ३ बर्षपछि सुनवलमा पशु सेवा केन्द्र संचालन

कल्पना खरेल
बनेकाे साढे ३ बर्षपछि सुनवलमा पशु सेवा केन्द्र संचालन प्रकाशित मिति: November 22nd, 2024

मंसिर ७, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २, रजहवा स्थित पशु सेवा केन्द्रले आफ्नाे कार्य सुरू गरेकाे छ ।
आज शुक्रबार एक कार्यक्रमका विच नगरप्रमुख विमला अर्यालले उक्त पशु सेवा केन्द्रकाे समुद्घाटन गर्नुभएकाे हाे  ।  कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले पशु सेवा केन्द्रकाे संचालन सगैँ  परासी भेण्टरी अस्पताल तथा पशुशेवा विज्ञकेन्द्रमा जानुपर्ने बाध्यताकाे अन्त्य भएकाे जानकारी दिनुभयाे ।
अर्यालले केन्द्रमा पशुपक्षि सम्बन्धि सम्पूर्ण प्राथमिक उपचार ( पशुमा लाग्ने राेगकाे उपचार ), पशुकाे खाेप कार्यक्रम ,पशुपालन सगँ परामर्श सेवा संचालन देखि नगर पशु सेवा शाखाबाट संचालन हुने वार्षिक कार्यक्रमहरूकाे आवेदन दिने समेतकाे व्यवस्था रहेकाे उल्लेख गर्नुभयाे ।
जसले सुनवल नगरपालिका वडा नम्बर २,३,९,१०देखि वडा नम्बर ६ र ४ काे केहिभागका पशुपालन  कृषकहरू लाभान्वित हुने देखिएकाे छ ।
त्यतिमात्र नभएर कृषकलाई प्राविधिक सल्लाह दिने र बिहान १० बजेदेखि साझँ ५ बजेसम्म कृषककै घरमा गएर सेवा दिने व्यवस्था मिलाइने वडा अध्यक्ष राजेन्द्र यादवकाे भनाई छ ।
यसअघि पशुमा लाग्ने राेगका कारण वडा नम्बर २ का थुप्रै गाईँभैसीँ मर्दा कृषक ठूलाे मारमा पर्नुपरेकाे अवस्था सम्झदै अध्यक्ष यादबले याे संचालन सगैँ पशुपालन क्षेत्रमा नयाँ उर्जा थपिएकाे बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै केही स्थानीयबासीले भाेलिका दिनमा पशु सेवा केन्द्रमा ओैषधीकाे अभाव र कर्मचारीकाे अभावले कृषक मारमा पर्ने दिन नओस भन्दै स्थानीय सरकारकाे ध्यानाकर्षण गराएका थिए ।
वि.स. २०७८ बैशाख २ गते वडा अध्यक्ष राजेन्द्र यादवले यस केन्द्रकाे शिलान्यास गर्नुभएकाे थियाे ।  केन्द्रीय सरकार अन्तर्गत  नेपाल लाइभ स्टक सेक्टर ईनोभेसनकाे करिब  डेढ कराेडकाे लगानी रहेकाे  पशु सेवा  केन्द्रकाे भवन  वि.स. २०७९ फागुन १९ गते निर्माण कार्य सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण भएकाे थियाे ।
प्राविधिक जनशक्तिकाे अभाव र वडाकाे अधिकारभन्दा माथि रहेकाेले करिब ( ३ बर्षदेखि ) हाल सम्म यो सेवा केन्द्र सञ्चालनमा आउन सकेको थिएन ।
सुनवल पशु सेवा शाखा प्रमुख मिश्री प्रसाद खड्काकाे स्वागत र पशु  प्राविधिक जय नेपाल बानियाकाे संचालन रहेकाे उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष विरवल चाैधरी ,
कार्यपालिका सदस्य सीता भण्डारी , समाजसेवी जित बहादुर पाेैडेल, धाैलागिरी बचत तथा ऋण सरकारी संस्था लि.का अध्यक्ष लक्ष्मण बानिया, स्वास्थ विमाकर्ता तथा समाजसेवी हिरालाल यादव लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र यादवकाे अध्यक्षता रहेकाे कार्यक्रममा पशु प्राविधिक नारायण प्रसाद पाण्डे , मिलन गाैतम, धनराज थापा लगाएत स्थानीयबासी र पत्रकारहरूकाे उपस्थिति रहेकाे  थियाे ।
साना ठूला गरेर ९ वटाकाेठा  रहेकाे यस पशुसेवा केन्द्रकाे उद्घाटन सगै  सुनवल नगरपालिकामा सुनवल १२ भुमहि सहित  २ वटा पशुसेवा केन्द्र संचालनमा रहेका छन् ।




Ads