ताजा अपडेटः

पाल्हीनन्दनमा सम्पन्न बृहत स्वास्थ्य शिविरमा ७ सय वढीकाे स्वास्थ परिक्षण

पाल्हीनन्दनमा सम्पन्न बृहत स्वास्थ्य शिविरमा ७ सय वढीकाे स्वास्थ परिक्षण प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार ०९:४८


नवलपरासी । पाल्हीनन्दन गाउँपालिका वडा नं. ४ लोहरौली स्थित पाल्हीनन्दन आधारभूत अस्पतालमा सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिवरबाट ७ सय ३० जनाले स्वास्थ्य लाभ लिएका छन् । रोटरी क्लव अफ नवलपरासीको आयोजना, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलको प्राविधिक सहयोग र पाल्हीनन्दन गाउँपालिकाको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ७ सय ३० जना स्वास्थ्य परिक्षणमा ३ सय ५० जनाकाे इसिजी र १ सय २५ जनाको इको गरिएको क्लवका कार्यक्रम संयोजक चन्द्रमणी चौधरीले जानकारी दिनु भयो ।
शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा मुटु, दम, छाती रोग र रक्त परिक्षण गर्नुका साथै आवश्यक औषधि समेत निःशुल्क वितरण  गरिएकाे रोटरी क्लवले जनाएको छ ।



Ads