ताजा अपडेटः

बर्दघाटका किसानले सडकमै दूध पाेखे

बर्दघाटका किसानले सडकमै दूध पाेखे प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार १०:४३

 

नवलपरासी । पश्चिम नवलपरासीका बर्दघाटका किसानले दुधको मुल्य नपाएको भन्दै सडकमा नै दुध पोखेका छन । दुधको बिक्री नभएपछि दूध सडकमा पोख्नु पर्ने बाध्यता आएको बर्दघाट १० का किसान रुद्र बहादुर कार्कीले बताउनु भयो । “हामीले उत्पादन गरेको दुधको बिक्री भएको छैन । सरकारले कुनै पनि चासो दिएको छैन । ” कार्कीले गुनासो गर्दै भन्नुभयो । सरकारले किसानलाई बिचल्ली बनाएको बताउदै उहाले -“अब किसानलाई गाइ भौसी बेचेर बिदेश जाने बध्यातामा सरकारले पारेको छ ।”

किसानले दुधको मुल्य नपाएपछि संघर्ष समिति नै बनाएका छ्न । संघर्ष समिती अध्यक्ष देबिलाल काफ्ले सरकार किसानको समस्यामा गम्भीर नभएको बताउनु भयो । ” नेपाली किसानको दुध नबिकिरहेको समयमा सरकार करिब डेड खर्ब रुपैयाको दुग्ध जन्य पदार्थ किनेको छ । नेपाली किसानको दुग्ध जन्य पदार्थ नबिक्दा बिदेश बाट किन किन्ने ?” प्रश्न गर्दै काफ्लेले भन्नुभयो ।


सरकारले मसिर २६ गते कृषि मन्त्री बेदुराम भुसालले किसानमा माग तत्काल सम्बेधन गर्ने बताउनु भएको थियो तर अहिले सम्म समस्या जिउका तिउ रहेको छ भन्दै किसानहरुले कृषि मन्त्रीको राजिनामा समेत मागेका छन । कृषि मन्त्री राजिनामा दे, किसानको माग पूरा गर, दुधको मुल्य तत्काल भुक्तानी गर, जस्ता नारा लगाएका थिए ।करिब १ सय जना किसान हरुले ५० वटा सानाठुला क्यानमा ल्याएको ५ सय लिटर दुध सडकमा पोखिएको छ ।



Ads