ताजा अपडेटः

सुनवलमा मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबडडी प्रतियोगिता हुदै

सुनवलमा मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबडडी प्रतियोगिता हुदै प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार २२:०१

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा यहि चैत्र १९ गतेदेखि मूख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबडडी प्रतियोगिता २०८० हुने भएको छ । आज शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरि  जिल्ला खेलकुद विकास नवलपरासीकाे आयाेजना, जिल्ला कबड्डि संघ नवलपरासीको सह-आयाेजना, प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवर्द्धन र  लुम्बिनी प्रदेश कबड्डि संघकाे समन्वयमा “पुरूष कबड्डी प्रतियोगिता २०८०” हुन लागेको जानकारी गराइएको थियाे ।
यहि चैत १९ गते देखी २१ गते सम्म सुनवल १ सिगेट मैदानमा हुने प्रतियोगिताकाे सबै तयारी पुरा भएको जिल्ला खेलकुद बिकास समिती नवलपरासीको अध्यक्ष रितमान कामुमगरले जानकारी दिनु भएको छ ।
७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा बिजेता हुने समुहले १ लाख ५० हजार नगद सगैँ मेडल र प्रमाणपत्र  उपबिजेता समुहले १ लाख नगद  सगैँ मेडल र प्रमाण प्राप्त गर्नेछन् । त्यसैगरी सेमिफाइनलिस्ट समुहहरुलाई ५०/ ५० हजार रुपैया प्रदान गरिन आयोजकले जनाएको छ ।
सहभागी प्रत्येक टिमबाट १२ खेलाडी, १ प्रशिक्षक र १ ब्यवस्थापक गरी १४ जना रहनेछन् ।   अध्यक्ष रितमान कामुमगरले  प्रत्येक खेलाडीकाे  बिमा ब्यवस्था गरिएको  र खेल बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजे सम्म संचालन हुने जानकारी दिनुभयाे ।



Ads