ताजा अपडेटः

आजकाे   तेस्राे क्वाटरफाइनल खेलमा बिग बुद्व क्लब ( राताे ) विजयी

आजकाे   तेस्राे क्वाटरफाइनल खेलमा बिग बुद्व क्लब ( राताे ) विजयी प्रकाशित मिति: २१ माघ २०७९, शनिबार २०:३९

 

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवलमा जारी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आजकाे क्वाटरफाइनल खेलमा बिग बुद्व क्लब ( राताे ) विजयी भएकाे छ ।

विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा भएकाे तेस्राे क्वाटरफाइनल  खेलमा सुनवल-४ लाई पेनाल्टी सुटआउटमा हराउदै आयाेजक टिम ( राताे ) विजयी भएकाे हाे ।

निकैनै राेचक,उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल  प्रर्दशन गरेका दुवै टिमले खेल अबधिभर २-२ गाेल सगँ बराबर   गाेल गरेपछि खेल पेनाल्टी सुट आउटमा गएकाे थियाे  ।

आजकाे खेलमा आयाेजक टम बिग बुद्व क्लब ( राताे) का जर्सि नम्बर८, मनाेज गुरूङ म्यान अफ द म्याच घाेषित भएका छन् ।
भाेलीकाे  चा‌ैथाे क्वाटरफाईल खेल आयाेजक टिम ( निलाे ) VS बर्दघाट नगरपालिका  विच  प्रर्तिस्पर्धात्मक खेल हुने आयाेजक क्लबका अध्यक्ष सन्जिब लामाले बताउनुभएकाे छ ।

व्यवस्थित पार्किङ्ग,ताजा खाजाकाे व्यवस्था र फ्रि वाईफाईकाे सुविधा रहेकाे यस खुला नकआउट फुटवल प्रतियोगिताकाे खेल अवधिभर नवलपरासी खवरले आफ्नाे फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।



Ads