ताजा अपडेटः

बर्दघाटमा बिषालु सर्प फेला

कल्पना खरेल
बर्दघाटमा बिषालु सर्प फेला प्रकाशित मिति: November 7th, 2024

कार्तिक २२ , नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बिषालु सर्प रसियन भाइपर (बाघे सर्प) भिटिएको छ । झट्ट हेर्दा अजिङ्गर काे वच्चा जस्तो देखिने याे सर्प नेपालमा भेटिने अत्यन्तै विषालु सर्प मध्येको एक रहेको सर्प उद्दार कर्ता दुर्गा लामिछानेले बताउनु भयो ।

पछिल्लो समयमा बर्दघाटमा ३/४ वटा रसियन भाइपर भेटिएको लामिछानेले उल्लेख गर्नु भयो । ” आम नागरिकले सानो अजिङ्गर छ भनेर बोलाउनु हुन्छ । जादा त रसियन भाइपर छ ।” लामिछानेले भन्नुभयो । झट्ट हेर्दा अजिङ्गर जस्तै देखिने हुदा सर्वसाधारणले यसलाई अजिङ्गर भन्ने गरेको लामिछानेको भनाइ छ ।

वर्दघाटबाट हालैमा उद्दार गरिएका रसियन भाइपर चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ । लामिछानेका अनुसार रसियन भाइपरको शरीर खैरो, पहेंलो, वा कालो दागले ढाकिएको हुन्छ जसले यसलाई अरू सर्पबाट छुट्याउन सजिलो बनाउँछ । लम्बाइ करिब १ मिटरको आसपास हुन्छ । नेपालका तल्लो भूभाग, तराई क्षेत्र र वन जङ्गल क्षेत्रमा बढी पाइन्छ भने यसले खतरा महसुस गरेमा तत्काल आक्रमण गर्ने गर्दछ ।

रसियन भाइपरको विष रगतको थक्का जमाउने प्रकारको हुने हुदा शरीरको अंगहरूमा तत्काल असर गर्छ। यसको विषले रगत बग्न रोकिन सक्छ र शरीरमा सुन्निने, दुख्ने, र रगत जम्ने जस्ता समस्या देखा पर्न सक्छ। यो सर्पले टोकेमा तत्काल अस्पताल जानु पर्छ र एन्टिवेनम उपचारमा लाग्नु पर्छ । भारत, श्रीलङ्का तथा नेपालका ठूला चार सर्पहरू मध्ये एकको रुपमा लिइन्छ ।




Ads