ताजा अपडेटः

सरावल अध्यक्ष सुखाडी चाैधरीद्वारा मन्दिर शिलान्यास

सरावल अध्यक्ष सुखाडी चाैधरीद्वारा मन्दिर शिलान्यास प्रकाशित मिति: १३ माघ २०८०, शनिबार ०६:१३


नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ बडसारमा शिव पार्वती मन्दिर निर्माणका लागि शुक्रबार  भूमि पूजन तथा शिलान्यास गरिएको छ। मन्दिरकाे सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले  शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले हरक ठाउँको धर्म,संस्कृतिले सो ठाउँको पहिचान जोगाउने भन्दै कला संकृति र पहिचानलाई पुस्ता हस्तान्तरण आवश्यक रहेकाे धारणा राख्नुभयाे ।
मन्दिर निर्माणका लागि वडा नम्बर ६ वडा अध्यक्ष छोटेलाल गुप्ता र चन्द्र कुमार गुप्ताको योगदान महत्त्वपूर्ण रहेकोले  समग्र टोलबासीलाई सहयोगकाे आग्रह समेत अध्यक्ष चाैधरीले गर्नुभयाे । साथै मन्दिर निर्माणका लागि पालिकाबाट सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
त्यसैगरी पालिका उपाध्यक्ष बासमति हरिजनले नयाँ पुस्ताले धार्मिक मठ,मन्दिर, कला संकृति र रितिरिवाज बुझ्नु जरुरी रहेकाेले भन्दै यस्ता धार्मिक मन्दिर निर्माणले समाजलाई एकतामा बाध्ने बातावरण सृजना गर्ने बताउनुभयाे ।
दुई कठ्ठा क्षेत्रफलमा फैलिएको निर्माण हुन लागेकाे उक्त मन्दिरमा धर्मशाला, प्रतिक्षालय, ईन्टरलक, मार्बल सहितका संरचना निर्माणका लागि वडाले  पाँच लाख बजेट विनियोजन गरेको छ । स्थानीयको श्रमदान र केही समय अघि गरिएको महायज्ञबाट संकलिन रकम समेत समावेश गरि मन्दिर निर्माण गरिने बताईएको छ ।
मन्दिर निर्माण समितिका अध्यक्ष चन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा  वडा नं. ६ वडा अध्यक्ष छोटेलाल गुप्ता, नेपाली काङ्ग्रेस उपसभापति अनिल गौड, सरावल गाउँपालिका निवर्तमान उपाध्यक्ष उत्तमा राय, समाजसेवी इन्द्रकमल यादव, किष्ण चौधरी लगाएतले आ-आफ्नाे धारणा राख्नुभएकाे थियाे ।



Ads