ताजा अपडेटः

लाैकेश्वर खानेपानीका अध्यक्ष राजु द्वारा आर्थिक पार्दर्शिता र शुसासनका पक्षमा काम गर्ने प्रतिबद्धता

लाैकेश्वर खानेपानीका अध्यक्ष राजु द्वारा आर्थिक पार्दर्शिता र शुसासनका पक्षमा काम गर्ने प्रतिबद्धता प्रकाशित मिति: ७ माघ २०८०, आईतवार १७:५६

कल्पना खरेल ,नवलपरासी । श्री लाैकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था  सुनवल ७ र ८ पश्चिम नवलपरासीले नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेकाे छ ।
” स्वच्छ पानी पियाै स्वास्थ जीवन जित्याे ” भन्ने नारा सहित उक्त   खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक कार्यक्रमकाे आयाेजना गरि सनिवार नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेकाे हाे ।
निवर्तमान खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकाे अध्यक्ष नारायण प्रसाद आचार्यकाे अध्यक्षता तथा खानेपानी तथा सरसफाई याेगिकुटि बुटवलका इन्जिनियर आदित्य धितालकाे प्रमुख आतिथ्यतामा भएकाे पद हस्तान्तरण कार्यक्रममा निर्वाचित अध्यक्ष  गुप्त बहादुर के.सी. (राजु), उपाध्यक्ष सिता गुरुङ्ग उपाध्यक्ष ,सचिव सानु बाबु श्रेष्ठ,सह सचिव बिक्रम राना , काेषाध्यक्ष सुमन पाण्डेय,महिला सदस्यमा राधा खड़का , जीतमाया गुरुङ्ग , डनिल माया पर्तेल खुला सदस्यमा हाेमनाथ आचार्य,सुक बहादुर तामाङ्ग ,राम सिंह पासी,प्रेम बहादुर गुरुङ्ग,दिपक खड़का लगाएत  लेखा समिति संयोजक ओमप्रकास बाहघरे, लेखा समिति खुल्ला सदस्य रामप्रसाद अर्याल र लेखा समिति महिला सदस्यलाई सम्मान गरिएकाे हाे ।
साेहि क्रममा बाेल्दै प्रमुख अतिथि खानेपानी तथा सरसफाई याेगिकुटि बुटवलका इन्जिनियर आदित्य धितालले नियमित खानेपानीकाे लागि पायपलाइनकाे टेण्डर आवान गरिसकिएकाेले पायप बिस्तार सगै छिट्टै समस्या समाधान हुने बताउनुभयाे ।
धितालले सुरूकाे धारा देखि अन्तिम धारासम्म सफा पानी जान्छ किनाई भनी चेकजाँच गरि आवश्यकता अनुसार फिल्टर प्लान्ट जाेडिने जानकारी दिनुभयाे ।
उहाँले यस संस्थामा सरसफाइकाे क्षेत्र पनि समेटिएकाे हुदा  ठाउँ ठाउँमा साैचालयकाे व्यवस्था सगै वाटर एटिएम राखि काम गर्न  सुझाब समेत दिनुभयाे ।
त्यसैगरी पदभार ग्रहण गर्दै अध्यक्ष गुप्त बहादुर के.सी. ( राजु ) ले  उमेद्ववारीका बेला आफ्नाे  १५ बुदे घाेषणा पत्रमा भएकाे प्रतिबद्धतालाई क्रमिक रूपमा पूरा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले उपभोक्ताकाे हितमा रहेर  आर्थिक पार्दर्शिता र शुसासनका पक्षमा काम गर्ने भन्दै शुद्व खानेपानी वितरण गर्ने आफ्नाे लक्ष्य रहेकाे तर्क गर्नुभयाे ।
निवर्तमान उपाध्यक्ष रेशम रानाकाे  स्वागत रहेकाे कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गुरूङ, निर्वाचन समितिकाे संयाेजक यादब खड्का,राष्ट्रिय स्वतन्त्र पार्टीका सुनवल नगर अध्यक्ष शाेभा ढकाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।

वि.स. २०७३ सालमा स्थापना भई २०७९ फागुन ११ गतेदेखि सेवा दिदै आएकाे यस खानेपानी संस्था मा नम्बर ७ र ८ गरि २२ सय घरधुरी सदस्य रहेका छन् भने ८ सय ३४ घरमा धारा बितरण भएकाे छ ।



Ads