ताजा अपडेटः

बुद्धको दर्शन र उपदेशलाई आत्मसात गर्न सके मात्र विश्व शान्ति स्थापित हुन सक्ने : प्रधानमन्त्री प्रचण्ड

बुद्धको दर्शन र उपदेशलाई आत्मसात गर्न सके मात्र विश्व शान्ति स्थापित हुन सक्ने : प्रधानमन्त्री प्रचण्ड प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार ०७:३०

कल्पना खरेल,नवलपरासी । बुद्धको दर्शन र उपदेशलाई आत्मसात गर्न सके मात्र विश्व शान्ति स्थापित हुन सक्ने  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउनुभएकाे छ ।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा मंगलबार रामग्राममा आयोजित विश्व शान्तिका लागि दीप प्रज्वलन र रामग्राम क्षेत्रको विकासको दुरगामि योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएको हो।
लुम्बिनीकाे महत्त्व र गरिमालाई बुझेर जसरी प्रचारप्रसार र विकाश भए सगै पर्यटकीय स्थलकाे रूपमा स्थापित भयाे , त्यसरी नै गौतबुद्धको अस्तुधातु रहेको रामग्रामकाे पनि प्रचारप्रसार र विकाश आवश्यक रहेकाे धारणा राख्नुभयाे ।
प्रधानमन्त्री प्रचण्डले युद्धबाट शान्तिको सन्देशलाई विश्वव्यापी बनाउने सन्दर्भमा सम्राट अशोकले खेलेकाे भुमिकाबाट आफू सधैं प्रेरित रहेकाे बताउदै जनयुद्धबाट गुज्रेकाे देशलाई शान्ति स्थापित गर्दै अगाडि बढ्न आफ्नाे याेगदान उनको अगाडि सानाे कदम भएकाे बताउनुभयाे ।
उहाले गौतमबुद्धका शिक्षा र उपदेशलाई महत्वलाई स्थापित गर्न सम्राट अशोकले खेलेको भूमिका निकै सम्मानजनक रहेकोले आफुले पनि वुद्वकाे शिक्षा विश्वभर फेरी एकचोटी नयाँ शिराबाट संसारमा लैजाने जमर्कोबाट प्ररेणा प्राप्त भएको भन्दै रामग्रामको पवित्र भूमिबाट शान्तिका लागि विशेष अपील गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
गौतबुद्धको अस्तुधातु रहेको रामग्रामकाे गरिमा र महत्त्वलाई सुस्म अध्ययन गरिरहेकाेकाे विश्वास दिलाउदै “त्यति ठूलो युद्धबाट आएको सम्राट अशोकले शान्ति कायम गर्न सक्छन्  भनेपछि म त सानो युद्धबाट आएको व्यक्ति हु शान्ति स्थापना गर्न कुनै कन्जुस्याई गर्दिन ” प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड )
लुम्बिनी भ्रमणका बेला महासचिव एन्टिरियाे गुटेससँगै गरेको विश्व शान्तिको अपील यूएईमा भएको कोपमा गएर ठोस परिणाममा रुपान्तरण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिवसँगै लुम्बिनीबाट गरेको विश्व शान्तिको अपिल व्यवहारिक बनेको समेत बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले रामग्राम स्तुपमा मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिका लागि दीप प्रज्ववलन गर्दै  रामग्राम बुद्धको एक मात्र अस्तुधातु रहेको स्थलका रुपमा परिचित रहेको बताउँदै यस स्थलले विश्व शान्ति र धार्मिक साँस्कृतिक विकासका लागि आफ्नाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयाे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती ,लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे),रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, भारतीय सत्तारुढ दल भाजपाका सांसद् राम माधव ,आरक्टिेक्ट स्टेफानो रोय,  पतञ्जली योग पिठ भारतका अध्यक्ष आचार्यरामग्राम बालकृष्ण, विदेशी स्टेफाना, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, द प्रोमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा रामग्राम विकासको गुरुयोजना प्रस्तुत गरिएको थियो । लुम्बिनी विकास कोषले ‘ द प्रमिश ल्याण्ड’ नामक सस्था संस्था सहकार्य गरी उक्त परियोजना अगाडी बढाउने तयारी गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु, नगरप्रमुख लगायत जनप्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेको थियो । रामग्राम स्तुप शान्तिका अग्रदुत गौतम वुद्धको एक मात्र सिंगो अस्तु रहेको स्थल हो । केही दिन अगाडी मात्रै सो क्षेत्रमा पुरातत्व विभागले गरेको उत्खननका क्रममा विभिन्न वुद्धकालिन संरचना जमिनमुनी फेला परेको थियो ।



Ads