ताजा अपडेटः

लुम्बिनीको महुवारीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

लुम्बिनीको महुवारीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार १६:३३

उर्मिला यादव

 

लुम्बिनी, मंसिर १६ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा स्कुलबसको ठक्करबाट शनिबार २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । मृत्यु हुनेमा मोटरसाईकल चालक लुम्विनी सांस्कृतीक नगरपालिका वडा नम्बरं ४ बस्ने २१ बर्षिय मोहम्मद ईरसाद र सोही स्थान बस्ने १६ बर्षिय रुक्सना खातुन रहेका छन । भने घाइते सोही स्थान बस्ने १७ बर्षिय अप्सना खातुनको भिम अस्पताल भैरहवामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।
लुम्विनी कर्कहवा सडक खण्डमा जांदै गरेको लु १ क १७७८ नम्वरको स्कुल बसले लु ३७ प ८४८२ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट २ जनाको मृत्यु भएसंगै त्यहाका स्थानियले स्कुल बसमा आगो समेत लगाएका छन । आगोले बसमा पुर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य संगै घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी भटटले जानकारी दिनु भएको छ ।