ताजा अपडेटः

महिलालाई उत्पादनसगँ जाेडि आत्मनिर्भर बनाउनुपर्ने :- सुनवल नगरप्रमुख विमला अर्याल

महिलालाई उत्पादनसगँ जाेडि आत्मनिर्भर बनाउनुपर्ने :- सुनवल नगरप्रमुख विमला अर्याल प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार १२:०१

कल्पना खरेल,नवलपरासी । समाज रूपान्तरणका लागि महिलालाई उत्पादनसगँ जाेडि आत्मनिर्भर बनाउनुपर्ने बताउदै सुनवल नगरपालिका महिला स्वराेजगारका क्षेत्रमा काम गरिरहेकाे सुनवल नगरप्रमुख विमला अर्यालले बताउनुभएकाे छ ।  “स्वदेशी उत्पादन प्रयाेग गराै,नेपाली भएकाेमा गर्भ गराै ” भन्ने लक्ष्य सहित नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी,
जिल्ला महिला उद्यमी समिति , नवलपरासीले आयाेजनामा
गरेकाे तिज मिलन तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी कार्यक्रममा नगरप्रमुख अर्यालले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले महिला संक्षम भएमात्र घर,परिवार समाज हुँदै राष्ट्र परिवर्तन संभव रहेकाे बताउदै महिलालाई शिक्षादेखि स्वराेजगार निर्माण सम्म स्थानीय सरकार कटिबद्ध गरेकाे धारणा राख्नुभयाे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी,
जिल्ला महिला उद्यमी समितिकाे अध्यक्ष निसा पराजुलीकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रमा उद्यमी महिला दिदिबहिनीहरूले उत्पादन गर्नुभएकाे  कपडा,टाेपि,झाेला,डल,कुशन , सरफ,साबुन, अचार लगाएका सामाग्रीहरू प्रदर्शन गरिएकाे थियाे ।
जिल्ला भरिका महिला उद्यमीहरूबाट उत्पादित बस्तुकाे प्रचारप्रसार सगै बजारीकरणलाई प्राेत्साहन गर्ने उदेश्य सहित आयाेजना गरिएकाे तिज मिलन विशेष कार्यक्रममा नाचँगान सहित दर पनि खाइएकाे थियाे ।
घरेलु तथा साना उद्योग महासंघ नवलपरासी, जिल्ला महिला उद्यमी समितिका सह-सचिव शान्ति श्रीसकाे संचालक र घरेलु तथा साना उद्योग महासंघ नवलपरासी, जिल्ला महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष सिता तिमल्सिनाकाे स्वागत रहेकाे कार्यक्रममा पाल्हिन्नदन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, घरेलु तथा साना उद्योग महासंघ नवलपरासी, जिल्ला महिला उद्यमी समितिका  केन्द्रीय उपाध्यक्ष तारा आचार्य , घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश महिला उद्यमी समितिकाे अध्यक्ष शान्ति तिमल्सिना, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिति अध्यक्ष मेघराज गाैतम ,महासंघकै जिल्ला काेषाध्यक्ष तेजप्रसाद भण्डारी ,सहांघकै लुम्बिनी प्रदेश सदस्य माया खनाल,उद्योग वाणिज्य संघ सुनवलकाे वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेल  लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads