ताजा अपडेटः

प्रतिवन्धित लागु औषध चरेस सहित मानिस पक्राउ

प्रतिवन्धित लागु औषध चरेस सहित मानिस पक्राउ प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार २०:२४

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नं. १४ चौपत्ताबाट लुकाई छिपाई राखेकाे लागू ओैषध सहित मानिस पक्राउ परेकाे छ ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले ३२ वर्षिय राजु विककाे घरमा खानतलासी गर्दा काठको दराजमा कालो रङ्गको पोलिथिनमा प्याक गरी राखेको अवस्थामा चरेश फेला पारेकाे हाे ।
प्रहरीले स्थानीय जनप्रतिनीधिकाे रोहबरमा विककाे घरमा खानतलासी गरेकाे थियाे । उनकाे साथबाट ७० ग्राम चरेश सहित सोही दराजमा रहेको निलो ब्यागमा रु.१००० काे  नोट ७२ थान, रु.५०० काे नोट १९ थान  र रु.१०० को नोट १० थान गरी जम्मा नेपाली रु.८२ हजार ५ सय रुपैया समेत फेला परेको छ ।
प्रहरीले लागु औषध र नगद सहित राजु वि.क.लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाट मार्फत अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।



Ads