ताजा अपडेटः

पश्चिम नवलपरासीको सुनवलमा सुरक्षित गर्भपतन सेवा शुरू

पश्चिम नवलपरासीको सुनवलमा सुरक्षित गर्भपतन सेवा शुरू प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार १८:२६

कल्पना खरेल,नवलपरासी । सुनवल नगरप्रमुख विमला अर्यालले आजबाट सुरक्षित गर्भपतन सेवा प्रभाह सुरू गरेकाे बताउदै सुरक्षित गर्भपतन गर्नका लागि बाहिरी क्षेत्र जानुपर्ने समस्याकाे अन्त्य भएकाे बताउनुभएकाे छ ।

सुरक्षित गर्भपतन सेवा उद्घाटन तथा महिला स्वास्थ स्वयंसेविका उमेर हदका कारण सम्मानजनक विदाई कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले यस्ताे बताउनुभएकाे हाे ।


साथै नगरप्रमुख अर्यालले महिलाकाे क्षेत्रमा स्वयंसेविकाले गर्नुभएकाे सेवाकाे उच्च मुल्यांकन गरी शेवा निर्भिर्त स्वयंसेविकालाई २ लाख सम्मकाे उपदान चेक हस्तान्तरण गरेकाे जिकिर गर्दै नगर सरकारकाे क्षमता मजबुत बन्दै गए सुविधालाई थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


आज सुरक्षित गर्भपतन सेवा उद्घाटन मात्र नभई लामाे समयदेखि महिला स्वयमंसेविका काे रूपमा काम गर्नुभएकी प्रेम कुमारी घिमिरेकाे ६० वर्ष उमेर पुगेकाे हुदासम्मान जनक विदाई पनि गरिएकाे थियाे ।


प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीकाे अध्यक्षता तथा सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा, कार्यपालिका सदस्य सीता भण्डारी, स्वास्थ शाखा प्रमुख कृष्ण प्रसाद न्याैपाने, वडा सदस्य कृष्ण बहादुर क्षेत्री , स्वास्थ शाखा उपप्रमुख चुडामणि नेपाल,सिनियर अनमी अधिकृत यमकला न्याैपाने, लगाएत विभिन्न क्षेत्रका स्वास्थ प्रमुख, महिला स्वयंसेविका लगाएतकाे उपस्थिति रहेकाे थियाे ।


सुनवल नगरपालिका वडा नम्बर १ प्रशुती गृहमा सुरक्षित गर्भपतन सेवा शुरू गरिएकाे हाे ।



Ads