ताजा अपडेटः

सहिद स्मृति अस्पताललाई प्रतापपुर गाउँपालिकाद्वारा हेमाटोलोजी मेसिन उपलब्ध

कल्पना खरेल
सहिद स्मृति अस्पताललाई प्रतापपुर गाउँपालिकाद्वारा हेमाटोलोजी मेसिन उपलब्ध प्रकाशित मिति: ९ असार २०८२, सोमबार २३:१६

नवलपरासी पश्चिम , असार ९ गते । नवलपरासी पश्चिम स्थित बर्दघाट नगरपालिका वडा नम्बर १४, चाैपत्तामा रहेकाे शहीद स्मृति सामुदायिक अस्पताललाई प्रतापपुपर गाउँपालिकाले अत्याधुनिक कल्टर काउन्टर मेसिन (हेमाटोलोजी मेसिन) हस्तान्तरण गरेकाे छ । गाउँपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ काे विनियोजित ४ लाख रुपैयाँ मध्येबाट हेमाटोलोजी मेसिन खरिद गरि अस्पताललाई हस्तान्तरण गरिएकाे हाे ।
यो मेसिनबाट जाचँगर्दा रगत सम्बन्धि विभिन्न प्रकारका एनिमिया, डेंगु जस्ता रोगहरू चाँडै पत्ता लगाउन मदत पुग्ने गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयाे । कम समयमै धेरै नमुना परीक्षण गर्न सकिने भएकाले बिरामीको उपचार प्रक्रियामा अझ छिटाे ,छरितो र प्रभावकारी हुने अस्पतालले जनाएको छ । यस मेसिनलाई  प्रतापपूर गाउँपालिकाकाे अध्यक्ष उमेशचन्द्र यादवले अस्पताललाई हस्तान्तरण गर्नुभएको हाे ।
अध्यक्ष यादवले प्रतापपुर गाउँपालिकाकाे नागरिकले समेत सोही अस्पतालबाट सेवा लिने हुँदा सहयोग गरिएको बताउँदै सामुदायिक अस्पताललाई सबै स्थानीय तहहरूले सहयोग गरी गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयाे ।
यसअघि जेठ २९ गते सुस्ता गाउँपालिकाले समेत यस अस्पताललाई २ लाख ५० हजार बराबरकाे एसी, डेस्कटप कम्प्युटर ,प्रिन्टर लगायतका सामग्री हस्तान्तरण गरेकाे थियाे ।




Ads