ताजा अपडेटः

डाइभर्सन बगाउदा पूर्व पश्चिम राजमार्ग स्थित सुनवलकाे बाटो अवरूद्व

डाइभर्सन बगाउदा पूर्व पश्चिम राजमार्ग स्थित सुनवलकाे बाटो अवरूद्व प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार १५:३४

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको साेमनाथ खाेला पुल नजिकैको डाईभर्सन बगाउदा बाटाे पूर्ण रूपमा अवरुद्ध भएकाे छ ।

अविरल वर्षाको कारण खोलामा पानीको बहाव बढी भई दिउँसो करिब २:१५ बजे सुनवफ नगरपालिका वडा नम्बर १ साेमनाथ स्थित पुर्व पश्चिम राजमार्गमा निर्माणाधिन अवस्थामा रहेको सोमनाथ खोला पुल नजिकको डाईभर्सन बगाउदा बाटो पुर्ण रुपमा अवरुद्ध भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट प्रहरी वरिष्ठ नायव निरीक्षक बाल बहादुर घर्ती मगरकाे कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीबाट ५ जनाकाे टाेली खटिई सवारी साधनहरू वैकल्पिक मार्गबाट पठाईएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

अहिले बाटो मर्मतको कार्य भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवल चोकबाट परासी र भुमहीचोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको समेत डिएसपी पाण्डेले जानकारी दिनुभएकाे छ ।

साथै उहाँले पानीको बहाब नघटेसम्म डाइभर्सन बनाउन सक्ने अवस्था नभएको समेत बताउनुभयाे।



Ads