ताजा अपडेटः

खानेपानीको चुनावमा भाग नलिने रास्वपाकाे अडान /  कुनैपनि दल वा स्वतन्त्र उमेदवारलाई भाेट मागे कारबाही गरिने

खानेपानीको चुनावमा भाग नलिने रास्वपाकाे अडान /  कुनैपनि दल वा स्वतन्त्र उमेदवारलाई भाेट मागे कारबाही गरिने प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार १५:४५

कल्पना खरेल, नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी सुनवलले आज एक विज्ञप्ति जारी गरि खानेपानी चुनावकाे  कुनैपनि पदमा उमेदवारी नदिएकाे बताएकाे छ ।

साथै रास्वपाले बिद्यालय ब्यवस्थापन समिती हाेस् या खानेपानी सस्थां  वा कुनै पनि सार्वजनिक संस्थामा कहिल्यै पनि सहभागी नहुने समेत घाेषणा गरेकाे छ ।

सुनवल-नगर संयोजक शोभा ढकालद्वारा जारी विज्ञप्तिमा रास्वपाले नयाँ धारमा समाजलाई डोहोर्याउने लक्ष्य सहित राजनितिमा आएको बताउदै उदयमान पार्टिले समाजलाई सफा गर्नपनी यो खालको लहरको चेनब्रेक गर्नैपर्ने आवश्यक्ता देखिएकाे उल्लेख गरिएकाे छ ।

साथै विज्ञप्तीमा कुनै अन्य दल, ब्यक्ती वा समुहसित पनि तालमेल, गठबन्धन नगरेको पनि उल्लेख गरीएकाे छ ।
भने रास्वपाका पदाधिकारी वा वडा देखि नगर सदस्यहरुलाई  पार्टिको नाम जोडेर कुनैपनी  दल वा स्वतन्त्र उम्मेदवारको भोट अपिल नगर्न  निर्देशन पनि दिएकाे छ ।

पार्टीको निर्देशनलाई अवज्ञा गरेकाे पाइएमा वा उजुरी आएमा छानबिन गरि  कारवाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्ति मार्फत रास्वपाले सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको निर्वाचन निष्पक्ष र बिवाद रहित होस, जनपक्षिय होस र सस्थाको मर्म उद्देश्य र हित उपर सोच्ने नेतृत्वको चयन होस भनि  शुभकामना ब्यक्त गरेकाे छ ।



Ads