ताजा अपडेटः

आगलागीका कारण २० लाख भन्दा बढीको क्षति

आगलागीका कारण २० लाख भन्दा बढीको क्षति प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार १६:२४

कल्पना खरेल, सुनवल । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको HDP प्लास्टिकमा अचानक आगलागी हुदा २० लाख भन्दा बढिकाे क्षती भएकाे छ ।

आज बिहान अन्दाजी १०:३० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ स्थित घैयाबारीमा रहेको उक्त संस्थाकाे खानेपानीको फिल्टर पानीको ट्याङ्कीमा रहेको HDP प्लास्टिकमा अचानक आगलागी हुदा साे मुल्य बराबरको क्षति भएकाे हाे ।


घटनाकाे खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय सुनवल का प्रहरी निरीक्षक बिष्णु प्रसाद पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई स्थानीय मानिसहरु , दमकल र प्रहरीको सहयोगमा दिउँसो १२:१५ बजे आगलागी पुर्ण रुपमा नियन्त्रण आएको हाे ।

आगलागीबाट HDP प्लास्टिकको पाइप (१ ट्रक), गोदाम घर र शौचालयको झ्याल ढोका समेत जलेर नष्ट भएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

उक्त आगलागीबाट कुनैपनि मानवीय र चौपाय क्षेती भने नभएको तर घैयाबारी जङ्गल बाट सल्केको आगोबाट आगलागी भएकाे बुझिएको छ।
उक्त स्थान ईलाका प्रहरी कार्यलय सुनबाट करिब ५-६ कि.मि. उत्तर रहेकाे छ ।



Ads