पोखरा, फागुन ३। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते हुनुभएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते हुनुभएको हो।
अर्थमन्त्री पौडेल एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने क्रममा दुर्घटना भएको हो। ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो। तर, उक्त बेलुन आगोमा परेपछि पड्किएको हो ।
पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उहाँहरूलाई परेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते हुनुभएको छ । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । स्राेत :- janatatimes