सर्वाङ्गिण कृषि सहकारी संस्था लि. सुनवल १ नवलपरासीले सनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन गरेकाे छ ।
सुनवल ९ मा सहकारीका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल वडा नं ९ का वडाध्यक्ष विरवल चौधरीको प्रमुख आतिथ्यतामा आलु खेति प्रर्वद्धन कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा सहकारीले सुनवल नगरपालिका वडा नम्बर २ र वडा नम्बर ९ मा नगरपालिकासंग ५ विघा जग्गा भाडामा लिई त्यसमध्ये ४ विघा क्षेत्रफलमा आलु खेती गरेको सहकारीका अध्यक्ष उपाध्यायले जानकारी दिनुभएकाे थियाे ।
जसअनुसार कृषि ज्ञान केन्द्र नवलपरासीको करिव ३ लाख सहयोग र संस्थाको ४ लाख ३७ हजार लागतमा आलु खेती गरिएको हो ।
आलु खेती यस सहकारी संस्थाको पहिलो प्रयास रहेको बताउदै अध्यक्ष उपाध्यायले कृषकको आर्कषण र उत्पादनलाई मध्यनजर गर्दै आगामी दिनमा आलु उत्पादनलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै सुनवल वडा नं ९ का वडाअध्यक्ष चौधरीले आफ्नो वडामा आलु उत्पादनलाई सहकारीले अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै नगरको कृषि उत्पादन र प्रबर्द्धनका लागि पालिकामा आफुले पहल गर्ने बताउनुभयो ।
यस्तै सहकारीका सल्लाहकार कृष्णबन्दु अर्यालले कृषि सहकारीले आगामी दिनमा थप कृषि उत्पादनलाई विस्तार गर्दै जाने कुरामा विश्वस्त रहन आग्रह गर्नुभयाे ।
कार्यक्रम उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत र कोषाध्यक्ष हरि चापागाईको संचालन सम्पन्न भएकाे थियो ।