कल्पना खरेल,सुनवल।पश्चिम नवलपरासी स्थित लुम्बिनी चिनी उद्योगमा स्थानीयबासीद्वारा लगाईएको ताला सहमति पछि खोलीएको छ । उद्योगबाट निस्किएको कालो धुलोको कण नियन्त्रण गर्ने लगाएतका ४ वटा निणर्यमा उद्योग संचालक र स्थानियबासि विच सहमति भएपछि खोलीएको हो ।
प्रदेश सांसद खड्क बस्नेत,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल,नगर प्रमुख विमला अर्याल,पुर्व नगरप्रमुख भिम बहादुर थापा भरत र स्थानीय लगाएतको उपस्थितीमा सो सहमति भएको हो ।
छलफलमा बोल्दै पुर्व नगरप्रमुख थापाले २ हजार घरबाट बढेर हाल दशौ हजार घर भएको यस स्थानमा उद्योगीले स्थानीयबासीकाे हितमा काम नगर्नु दुखत भएको बताउनुभएको छ । उहाँले उद्योगले जनस्वास्थ्य सगँ खेलवाड गरेकाे भन्दै तत्काल ठाेस कदम नचाले त्यसकाे दुखद परिणाम भाेग्नुपर्ने चेतावनी दिनुभएकाे छ।
त्यसैगरी छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश संसद खड्क बस्नेतले लुम्बिनी चिनी उद्योगले पटक पटक स्थानीय र नगरपालीका सगँ गरेको प्रतिबद्धता तोडेको बताउदै विश्वास गर्ने कुनै पनि आधार नभएको बताउनुभएको छ ।
संसद बस्नेतले उद्योगले स्थानीयलाई प्राथमीकतामा राखेर रोजगारीको सृजना गर्नुपर्ने,कानुुनी रुपमा स्थानीय सरकार सगँ छलफल गर्नुपर्ने,उद्योगले कति दिनसम्म प्रदुषण नियन्त्रण गर्ने हो सो विषयमा स्थानियसगँ प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउदै त्यसको लागी उद्योगलाई आवश्यक पर्ने सहयोग गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभएको थियो ।
जसको प्रतिउत्तरमा उद्योगपति मयंक अग्रवालले उद्योग संचालन गर्दा मेशिनले धुलो उत्पादन गर्ने र त्यसको नियन्त्रण पनि मेशिनले नै गर्न सकिने हुदा प्रदुषण न्यूनिकरण उद्योगको जिम्मेबारी भएको बताउनुभयो ।
साथै उहाँले प्रदुषण न्यूनिकरण गरी स्थानियबासीमा देखिएको समस्या को समाधान गर्नु आफ्नो कर्तव्य भएको बताउदै त्यसप्रति आफु जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बर्षौदेखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि सहमतिलाई वेवस्था गर्दै आईरहेको छ ।
इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण सुनवलबासीको स्वास्थ्यमा समेत प्रतिकुल असर परेको छ । भने लगाएका तरकारी,खाद्यन्नका साथै धोएर सुकाएका कपडाहरुमा समेत कालो धुलो टासिदाँ यस क्षेत्रका स्थानिय हैरान परेका छन ।
यसैसन्दर्भमा रहेर उद्योगले स्थानीय सगँ गरेको प्रतिबद्धता पुरा नगरे नगरपालीकाले कस्तो कदम चाल्नेछ भनेर हाम्रा सहक्रमी कल्पना खरेलले सोध्नुभएको प्रश्नमा नगरप्रमुख विमला अर्यालले नगरपालीकाले कडाईकासाथ प्रतिबद्धता कार्यान्वयन गराउने र नभएको खण्डमा उद्योग मन्त्रालयसम्म पहल गरेरै भएपनि समस्याको समाधान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरप्रमुख अर्यालले स्थानीय सरकार नगर र नगरबासीकाे समस्या र सरंक्षणमा सदैभ खडा हुने बताउदै उद्योगबाट देखिएकाे यस्ताे समस्या कदापि स्वइकार्य नहुने स्पष्ट पार्नुभयाे । साथै उहाँले उद्योगबाट निस्केको कालाे धुलाेकाे कण र यसले पारेकाे प्रतिकुल असरका विषयमा उद्योग लाई बारम्बार खवरदारी र ध्यानाकर्षण पनि गराउदै अाएकाे जिकिर गर्नुभयाे ।
स्थानिय सगँ भएको ४ बुदे सहमति कार्यान्वनको समय ५ दिनको रहने र सो अवधिभित्र पनि उद्योगले गरीएको सहमति पुरा नगरेको खण्डमा छौठौ दिनदेखि पुन उद्योगमा तालाबन्दि गरीने स्थानियले बताएका छन् ।