ताजा अपडेटः

परासीमा ‘आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

परासीमा ‘आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार १७:०७

कल्पना खरेल।पश्चिम नवलपरासीको परासीमा ‘आत्महत्या न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रामग्राम २ स्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का पाँच सय ५० विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरीएको हो ।
आत्महत्याका घटना न्यूनीकरणका लागि यो कार्यक्रम गरीएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । भने कार्यक्रममा डिएसपी पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक अरबिन्द पाठक, शिक्षक, शिक्षिका लगायतको पनि सहभागिता रहेको थियो ।



Ads