ताजा अपडेटः

सुनवल नगरपालिकाद्वारा भुमि समस्या समाधान आयोगलाई  बधाई तथा स्वागत कार्यक्रम

कल्पना खरेल
सुनवल नगरपालिकाद्वारा भुमि समस्या समाधान आयोगलाई  बधाई तथा स्वागत कार्यक्रम प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार २०:४४


२ फागुन , सुनवल । भुमि समस्या समाधान आयोग जिल्ला समिति पश्चिम नवलपरासी लाई आज शुक्रबार सुनवल नगरपालिकाद्वारा  बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएकाे छ ।
नगरप्रमुख विमला अर्याललकाे अध्यक्षता तथा भुमि समस्या आयाेगका जिल्ला अध्यक्ष लाल बहादुर गुरूङकाे प्रमुख आतिथ्यतामा उक्त बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै भुमि आयाेगका अध्यक्ष गुरूङले  सुनवल नगरपालिकाबाट भुमि आयाेगले काम सुरू गर्ने बताउनभयाे ।
उहाँले अघिल्लो भुमि आयाेगकाे अध्यक्ष , सदस्यहरूसगँ राय सल्लाह लिएर मात्र भुमिकाे विवादित कामकाे थालनी गर्ने भन्दै , प्रकृया पूरा भएका जग्गाकाे पुर्जा वितरण कार्य शुरू गरिने जानकारी दिनुभयाे ।
त्यसैगरी भुमि आयाेगकाे सदस्य थानप्रसाद गैरेले जिल्लाका ७ स्थानीय तहसगँ समन्व सहकार्य गर्दै अगाडि बढिने भएकाेले सबैकाे सकारात्मक सहयाेगकाे अपेक्षा राखेकाे बताउनुभयाे ।
अब पुर्जा दिन्छाै भनेर ठगहरू सल्बलाउन सक्ने भएकाेले सचेत रहन सुझाब दिदै  कुनैपनि लाेभ र प्रलाेभनमा नपर्न गैरेले आग्रह गर्नुभयाे ।
उता वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीले जतिसक्दो छिटाे भुमिहिन दलित , भुमिहिन सुकुम्बासी  र अव्यवस्थित वसाेबासीकाे हातमा पुर्जा वितरण गर्ने बाताबरण बनाउन आयाेगलाई आग्रह गर्नुभयाे ।
साेहि क्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले आयाेगलाई काम गर्ने बाताबरण सहज बनाउन मानव संसाधन सहित आवश्यक सहयाेग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
सुनवलमा भुमिहिन दलित २ सय १७, भुमिहिन सुकुम्बासी ४ सय ३७ र अव्यवस्थित बसोबासी ५ हजार ५ सय ८ गरी जम्मा ६ हजार १ सय ५७ जनालाई लालपुर्जा वितरण गर्न  बाकि रहेकाे छ   । जसमध्ये हालसम्म  सुनवल वडा नं १,४,५,६,७,११,१३ मा निस्सा वितरण गरिएकाे र वडा नं ३ र १२ मा निस्सा पठाइसकिएको  छ ।
त्यस्तै वडा नं ५,११,१२,१३ मा नापजाँच कार्य सम्पन्न भएको छ भने ४ र ७ मा नापजाँच कार्य जारी रहेको र वडा नं १० मा  मनशोभा आयोगले नापजाँच गरेकाे जग्गाकाे पुर्जा वितरण भैसकेको छ ।
सुनवल नगरपालिकाले ८१ विगाहा  १५ कट्ठा ९ धुर सार्वजनिक जग्गा संरक्षण गरेको आयोगका सुनवल नगरपालिका भुमि शाखाका प्रमुख गणेश न्यौपानेले बताउनुभयो ।




Ads