ताजा अपडेटः

सुनवल खानेपानीले घटायाे महशुल, धारा जडानमा समेत शुल्क घटायाे

कल्पना खरेल
सुनवल खानेपानीले घटायाे महशुल, धारा जडानमा समेत शुल्क घटायाे प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार १६:११

सुनवल, वैशाख २ गते । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी महशुल तथा धारा जडान शुल्कमा समायोजन गरेको जनाएको छ। उपभोक्ताको हितलाई ध्यानमा राखि संस्थाले २०८३ साल बैशाख १ गतेदेखि लागू हुनेगरी खानेपानी महशुल तथा धारा जडान शुल्कमा समायोजन गरेको हाे ।
संस्थाले आज एक सुचना जारी गरी न्यूनतम ० देखि ५ युनिटसम्मको महशुल रु ५० नै कायम गरेकाे छ भने अन्य यूनिटमा शुल्क घटाएकाे छ।
६ देखि १० युनिटसम्म प्रति युनिट रु २० बाट घटाएर रु १२ कायम गरिएको छ भने ११ देखि २० युनिटसम्मको दर रु २२ बाट घटाएर रु १८ निर्धारण गरिएको छ। त्यसैगरी २१ देखि ३० युनिटसम्मको शुल्क रु २५ बाट घटाएर रु २० कायम गरिएको संस्थाका अध्यक्ष विष्णुप्रसाद न्याैपानेले बताउनुभयाे ।
त्यस्तै ३१ देखि ४० युनिटसम्म प्रति युनिट रु २२ निर्धारण गरिएको छ भने ४१ युनिटभन्दा माथि प्रयोग गर्ने उपभोक्ताले अब प्रति युनिट रु ३० तिर्नुपर्नेछ, जुन अघिल्लो रु ३५ भन्दा कम हो।
यसैगरी धारा जडान शुल्कमा समेत ठूलो मुल्य घटाइएकाे छ । धारा जडान रु १० हजार १० बाट घटाएर रु ७ हजार ५ सय कायम गरिएको संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपानेका अनुसार हरेक नागरिकलाईखा नेपानीकाे पहुच पर्याउन दररेट समायोजन गरिएको हाे।
हालसम्म यस खानेपानी संस्थाले सुनवल वडा नम्बर १,२,३,४,६ र १० गरी ५ हजार ३ सय घरधुरी र ३७ हजार जनसंख्यालाई सेवा प्रवाह गर्दै आइरहेकाे छ ।




Ads