ताजा अपडेटः

अधेरीखाेला खानेपानी समितिले दुई अति विपन्न परिवारलाई गर्याे निशुल्क धारा जडान

कल्पना खरेल
अधेरीखाेला खानेपानी समितिले दुई अति विपन्न परिवारलाई गर्याे निशुल्क धारा जडान प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार १५:१६

सुनवल, चैत १८ गते । अधेरीखाेला खानेपानी तथा सरसफाई उपभोक्ता समिति सुनवल ११ र १२ नवलपरासीले जडान गरेका दुईवटा उपभोक्ताकाे धाराकाे उद्घाटन गरेकाे छ ।
संस्थाले न्यून आयस्तर भएका, अति विपन्न र पानीको पहुँचबाट टाढा रहेका साथै आफ्नाे कार्यक्षेत्रभित्र पर्ने दुई उपभाेक्ताहरूकाे पहिचान गरि धारा जडान गरेकाे थियाे ।


साेहि धाराकाे संस्थाकाे कार्यसमिति , अनुगमन समिति र सल्लाहकार समितकाे उपस्थितिमा उपभोक्ताकाे घरमै गएर जडान गरिएकाे धाराकाे काेषदाताहरूकाे हातबाट उद्घाटन गरिएकाे हाे ।
धारा जडान गर्नका लागि अधेरीखाेला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले राहत काेष समेत स्थापना गरेकाे थियाे । साेहिँ काेषमा दुइजना राहत काेषदाताहरूले दिएकाे सहयाेग रकमले उनीहरूकाे धारा जडान गरिएकाे संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठले बताउनुभयाे ।


धाडा जडान गरिएकाे उपभोक्ताहरूमा सुनवल ११, मिश्राैली कान्छिटाेल निवासी अन्जना पाण्डे र सुनवल १२ भताैडि निवासी साेनी चाैधरी रहनुभएकाे छ ।
ज्यालामजदुरी गरेर दैनिक छाक टार्न समेत निकै धाैंंधाैं पर्दै आएकाेमा यस खानेपानी उपभोक्ता समितिले धारा जडान गरेकाेमा आफू निकै खुसी भएकाे अन्जना पाण्डेकाे भनाई छ ।


उहाँ भन्नुहुुन्छ – ” सधै ओल्लाेघर पल्लाेघर पानी लिन जान्थे, पानी ओसारेर ल्याउन्थे लुगाधुन्थे , धेरै गाह्राे थियाे , कतिपटक त पानी लिन जादा अरूले प्याच्च भन्दा धेरै दुख थियाे ” ।
यहीँ जेष्ठ २२ गते राहतकाेष नै खडा गरेर विपन्न परिवारलाई धारा जडान गर्दै आएकाे यस खानेपानी समितिले हालसम्म ८ जना अति विपन्न परिवाारलाई धारा जडान गरिसकेकाे छ ।


त्यसका लागि खानेपानीले समितिले एउटा मापदण्ड बनाई सचिव केशवकान्त न्याैपानेकाे संयाेजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन गरेकाे छ । सबैभन्दा पहिले अनुगमन समितले त्यस्ता परिवारकाे निरिक्षण र अनुगमन गर्दछ । त्यसपछि छनाेट प्रकृया सुरू गरिन्छ ।
अध्यक्ष राजकुमार श्रेष्ठले रातकाेषमा जाेकाेहिँ इच्छुक व्यक्तिले सहयाेग रकम जम्मा गर्न सकिने हुदा सबैसँग सहयाेगकाे आव्हान समेत गर्नुभयाे ।


उहाँले राहतकाेषमा जम्मा भएकाे रकमबाट विपन्न परिवारलाई निशुल्क धारा जडान, सरसफाई कार्यक्रम , नेतृत्व र क्षमता अभिवृद्धि कार्यक्रम र जनचेतना मुलक कार्यक्रमहरू संचालन गरिने बताउनुभयाे ।
हालसम्म अधेरीखाेला खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे धारा संख्या १ हजार २६७ रहेकाे छ । भने सुनवल वडा नम्बर ११,१२ र सरावल गाउँपालिकाकाे वडा नम्बर २ माहामाया राजमार्गकाे पुलसम्म कार्यक्षेत्र रहेकाे छ ।

 




Ads