ताजा अपडेटः

सुनवल सत्मार्गको दोस्रो साधारणसभा एवं श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वनको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न ।

कल्पना खरेल
सुनवल सत्मार्गको दोस्रो साधारणसभा एवं श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वनको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न । प्रकाशित मिति: २७ मंसिर २०८२, शुक्रबार १६:२८

सुनवल, मसिंर २६ गते । सुनवल सत्मार्ग बहुआयामिक समाज सुनवल ४ नवलपरासीको दोस्रो साधारणसभा एवं श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वन उपभोक्ता समूहको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।
सुनवल सत्मार्ग बहुआमिक समाजका अध्यक्ष भिमबहादुर थापाको अध्यक्षता एवं पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतको प्रमुख आतित्थ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै लुम्बिनी प्रदेश सांसद बस्नेतले सुनवलमा धर्मका नाममा हालसम्म ७ वटा ठुला महायज्ञ भएपनि सुनवल सत्मार्गले मात्र भक्तजनबाट उठेका रकमलाई सहि सदुपयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले धर्मका नाममा उठेका रकमलाई उचित कर्म गर्न नसके त्यसले अनिष्ठ निम्त्याउने भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
सांसद बस्नेतले अघिल्लो बर्ष सत्मार्गको नममा प्रदेशबाट छुट्याएको ५० लाख रकम फ्रिज भएकोमा दुख व्यक्त गर्दै यसबर्ष १० लाख रकम छुट्याइएकाे जानकारी दिनुभयो साथै कामलाई तिब्रता दिए बजेट ५० लाख सम्म ल्याउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी सोहि क्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले सबैमिलेर गरिएको सामुहिक कामको जस पनि व्यक्तिगत नभइ सामुहिक हुनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष पंगेनीले सुनवललाई धार्मिक स्थलको रुपमा चिनाउन हरेक क्षेत्रबाट पहन गरिनुपर्ने भन्दै त्यसका लागि स्थानिय सरकार सधैब सकारात्मक रहेको बताउनुभयो ।
यसैगरी सत्मार्गका सल्लाहकार विष्णु पौडेलले सुनवल सत्मार्ग बहुआयामिक समाजले यस क्षेत्रलाई नै धार्मिक पवित्र स्थलको रुपममा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने राम्रो संभावना बोकेको बताउनुभयो । उहाँले करिब ९ विगा जग्गा रहेको यस सत्मार्गको डिपिआर तयार भएकोले तत्काल काम सुरु गर्नुपर्ने सुझाब दिनुभयो ।
सचिव मुरली गौतमको संचालन र बरिष्ठ उपाध्यक्ष माेहन कार्कीको स्वागत रहेकाे साधारणसभामा सल्लाहकार उमनाथ पोखरेल, डिभिजन वन कार्यालय परासीबाट मणि ज्ञवाली , मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैविच आजै सम्पन्न श्री कृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वनको अधिवेशनले बालकृष्ण पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम ढकाल, उपाध्यक्षमा जोतिन्द्र बहादुर कुँवर, सचिवमा तारा बहादुर बलाल, कोषाध्यक्षमा कुन्ता तिवारी चयन हुनुभएको छ । भने सदस्यहरुमा रेशमलाल उपाध्याय, टेकप्रसाद न्यौपाने, नायारणप्रसाद सापकोटा,इन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा सत्कार, कविता खड्का , विनोद पौडेल, गिता भुषाल बबि, विष्णु प्रसाद पौडेल , नरेन्द्र बहादुर खत्री चमेली रायमाझी ( बिन्दु ), झविलाल भट्टराई र गाेविन्द्व प्रसाद तिवारी चयन हुनुभएको छ । यसैगरी विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । जसको सदस्यहरुमा राम प्रसाद पोखरेल र महेन्द्र कुमार श्रेष्ठ रहनुभएको छ ।




Ads