ताजा अपडेटः

चार दिन भित्र अनुदान रकम निकासा नभए आन्दोलन गरिने उखु उत्पादक कृषक महासंघद्वारा जानकारी

कल्पना खरेल
चार दिन भित्र अनुदान रकम निकासा नभए आन्दोलन गरिने उखु उत्पादक कृषक महासंघद्वारा जानकारी प्रकाशित मिति: १० मंसिर २०८२, मंगलवार १९:५५

 

नवलपरासी पश्चिम , मङ्सिर ९ गते । नेपाल उखु उत्पादक कृषक महासंघले यहीँ मङ्सिर १३ गतेसम्म उखु किसानले पाउनुपर्ने गत आर्थिक वर्षको बक्यौता रकम निकासा गर्न माग गरेकाे छ । आज मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर मदन प्रसाद परियारलाई भेटेर महासंघले यस्ताे माग गरेकाे हाे । सरकारले उखु किसानलाई यस अघि दिएकाे ३५ रुपैयाँका दरले बाकि अनुदान रकम तत्काल निकासा गर्नुुपर्ने र यस वर्षको क्रसिङ्ग सिजनमा उखुको न्यूनतम समर्थन मूल्य त्रिपक्षीय सहमति अनुसार रु. ७५० प्रति क्विन्टल कायम गर्नुपर्ने माग गरिएकाे महासंघका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले किसानलाई अनुदान रकम पुरा भुक्तानीको विषयमा यसअघि सरकारकाु पटक-पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाइ नभएकाे भन्दै आन्दोलनकाे विकल्प नभएकाे बताउनुभयाे ।
चालु सिजनमा उखु बिक्री गर्ने समय भइसक्दा समेत गत वर्षकै अनुदान भुक्तानी नहुँदा यतिबेला उखु किसानहरू मर्कामा परेका छन् ।
यसअघि भएकाे आन्दोलनमा चालु आर्थिक वर्ष २०८२/ ०८३ काे क्रसिङ सिजनमा उखुको न्यूनतम सर्मथन मूल्य ७ सय ५० रुपैयाँ रहने किसान, उद्योगी र सरकारबीच त्रिपक्षीय सहमति भएकाे थियाे ।
माग पुरा नभए मङ्सिर १४ गते बाट आन्दोलनका कार्यक्रम सुरु गर्ने महासंघले घोषणा गरेको छ ।




Ads