राष्ट्रिय लाेक भजन चुट्का ( संस्कृति ) संरक्षण प्रतिष्ठान नेपाल सुनवल नगरकार्यसमिति , नवलपरासीकाे कार्यालय तथा भजन घरकाे समुद्घाटन गरिएकाे
सुनवल , साउन १७ गते । राष्ट्रिय लाेक भजन चुट्का ( संस्कृति ) संरक्षण प्रतिष्ठान नेपाल सुनवल नगरकार्यसमिति , नवलपरासीकाे कार्यालय तथा भजन घरकाे समुद्घाटन गरिएकाे छ । प्रतिष्ठानका नगरअध्यक्ष रमेश तिवारीकाे अध्यक्षता एवं सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा देशमै पहिलाेपटक भजन घरकाे समुद्घाटन गरिएकाे हाे ।
लाेप हुन लागेकाे धर्म संस्कृतिकाे संरक्षण ,सम्बर्द्धन र पुस्ता हस्तान्तरण गर्ने लक्ष्य सहित वि.स.२०८० माग १० गते लाेक भजन चुट्का (संस्कृति ) संरक्षण प्रतिष्ठानकाे स्थापना भएकाे केन्द्रीय अध्यक्ष नारायण लेकालीले बताउनुभयाे ।
जातीय विभेद, राजनीति विभेद, वर्गीय विदेश र लैङ्गिक विभेद रहित संंगठक भनेकै लाेक भजन चुट्का प्रतिष्ठान भएकाेले सुनवल नगरपालिकाले यसकाे अभिभावकत्व लिनुपर्ने उहाँको भनाई थियाे ।
कार्यक्रममा बाेल्दै प्रतिष्ठानका प्रदेश अध्यक्ष काशिराम पाेखरेल, जिल्ला अध्यक्ष तिर्थ सापकोटा लगाएतले व्यक्तिलाई नैतिवान, चरित्रवान बनाउन हामी सबेै एकजुट हुनुपर्ने बताउनुभयाे । यस क्षेत्रमा हुने धार्मिक कार्यक्रमहरूमा बाहिरबाट कलाकार, कथाबाचक र गुरु ल्याउनु गलत भएकाेले यस क्षेत्रकै भजन चुट्का ( संस्कृति ) संरक्षण प्रतिष्ठानलाई जिम्मा दिन स्थानीय सरकारसगँ उहाँहरूले आग्रह गर्नुभयाे ।
साेहिँ क्रममा बाेल्दै नगरप्रमुुख अर्यालले हरेक धर्म , संंस्कृतिकाे संरक्षण गर्नु स्थानीय सरकारकाे दायित्व भएकाे भन्दै सदैव प्रतिष्ठानकाे साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
सदस्य नमकान्त बस्यालकाे संचालन र उपाध्यक्ष थानप्रसाद तिवारीकाे स्वागतमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।